Suvadin, Home

शेयरधनीलाई नेपाल टेलिकमकाे सुबिधा
५१ प्रतिशतको दरले लाभांश दिने घाेषणा

नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई ५१ प्रतिशतको दरले नगद लाभांश दिने भएको छ। कम्पनीको नवौं साधरणसभाले मुनाफामध्येबाट शेयरधनीलाई ५१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। नगद लाभांश वितरण मंगलबारदेखि नै सुरु भएको कम्पनीले जनाएको छ।
नेपाल टेलिकम केन्द्रीय कार्यालय ।

काठमाडौं, चैत १ – नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई ५१ प्रतिशतको दरले नगद लाभांश दिने भएको छ। कम्पनीको नवौं साधरणसभाले मुनाफामध्येबाट शेयरधनीलाई ५१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। नगद लाभांश वितरण मंगलबारदेखि नै सुरु भएको कम्पनीले जनाएको छ।

आर्थिक वर्ष ०७२ ७३ मा १३ दशमलव ६८ अर्ब खुद नाफा कमाएको नेपाल टेलिकमको सरकारी कोषमा मात्रै राजश्व योगदान ५२ दशमलव २७ प्रतिशत रहेको छ। नेपाल टेलिकमको अहिले १ दशमलब ४३ करोड जिएसएम र सिडिएमए प्रविधिमा आधारित मोबाइल प्रयोगकर्ता छन्।

देशैभरिका सबै गाउपालिकाहरु (तत्कालीन गाउँ विकास समिति)मा यसले सेवा पुर्याइसकेको छ। इन्टरनेट बजारमा ५५ दशमलव १५ प्रतिशत बजार हिस्सा ओगटेको टेलिकमको ७६ लाख इन्टरनेट प्रयोगकर्ता रहेका छन्।

यसै वर्षदेखि नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई चौथो पुस्तामा आधारित उच्च गतिको इन्टरनेट सेवा दिन थालिसकेको छ। टेलिकमले १५ दशमलव ६५ प्रतिशतले आफ्ना ग्राहक बढेको पनि जनाएको छ।


 

More form the Internet

loading...