Suvadin, Home
यो साता नेप्से परिसूचकमा सामान्य सुधार आएको छ।  यो साता नेप्से २ दशमलव ११ अङ्कले बढेर अन्तिम दिन एक हजार ३५७ दशमलव ३४ अङ्कमा पुगेको छ। गत साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६ दशमलव ८१ अङ्कले घटेको थियो। 

काठमाडौं चैत ५ -  यो साता नेप्से परिसूचकमा सामान्य सुधार आएको छ। 

यो साता नेप्से २ दशमलव ११ अङ्कले बढेर अन्तिम दिन एक हजार ३५७ दशमलव ३४ अङ्कमा पुगेको छ। गत साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६ दशमलव ८१ अङ्कले घटेको थियो। 

यस साता नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीका कारोबार भएको छ। जसअनुसार १२ हजार ७५९ कारोबारबाट  एक अर्ब ७९ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरका ३८ लाख ५३ हजार एक सय ६० कित्ता सेयर खरिद बिक्री भएका छन। कारोबार रकम गत साताको भन्दा २२ दशमलव ०९ प्रतिशत कम हो। 

गत साता १५६ कम्पनीहरुको कारोबार भएको थियो। जस अनुसार १८ हजार ५३३ कारोबारबाट दुई अर्ब ३० करोड २० लाख २३ हजार रुपैयाँ बराबरका ४५ लाख ७६ हजार दुई सय २० कित्ता सेयर खरिद बिक्री भएका थिए। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ४२ अङ्कले बढेर २९४ दशमलव ८३ अङ्कमा पुगेको छ। 

यस साता कारोबार रकम  ३० करोड, ८५ लाख, ४० हजार रुपैयाँको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ। 

त्यसैगरी कारोबार भएको सेयर संख्या  पाँच लाख ४८ हजार कित्ताको आधारमा पनि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक नै अग्रस्थानमा रहेको छ। त्यसैगरी कारोबार संख्या ८२१ वटाको आधारमा भने नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड अग्रस्थानमा रहेको छ। 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन। 

यो साता चिलिमे जलविद्युत् कम्पनीको ३१ लाख ३४ हजार ४७६ दशमलव ८०, हाम्रो विकास बैंकको तीन लाख पाँच हजार ८३३ दशमलव ७५ र कन्ट्री डेभलपमेन्ट बैंकको तीन लाख एक हजार ६०४ दशमलव १६ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने कृषि विकास बैंकको एक करोड ९६ करोढ ८८ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको नेप्सेले उल्लेख गरेको छ। रासस
 


 

More form the Internet

loading...