Suvadin, Home
प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णाली क्षेत्रको विकासका लागि ठोस कार्ययोजनासहित प्रस्तुत हुन कर्णाली विकास आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन्। दाहालले परम्परागत तवरले मात्रै कर्णाली क्षेत्रको विकास निर्माण प्रक्रियाले गति लिन नसक्ने बताएका छन्। प्रधानमन्त्री दाहालले मानव विकास प्रक्रिया प्रभावकारी रुपमा अगाडि बढ्ने गरेर कार्ययोजना, लागतसहितको योजना ल्याउन निर्देशन दिएका हुन्।

काठमाडौं, माघ २१ 

प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णाली क्षेत्रको विकासका लागि ठोस कार्ययोजनासहित प्रस्तुत हुन कर्णाली विकास आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन्। दाहालले परम्परागत तवरले मात्रै कर्णाली क्षेत्रको विकास निर्माण प्रक्रियाले गति लिन नसक्ने बताएका छन्।

प्रधानमन्त्री दाहालले मानव विकास प्रक्रिया प्रभावकारी रुपमा अगाडि बढ्ने गरेर कार्ययोजना, लागतसहितको योजना ल्याउन निर्देशन दिएका हुन्। ‘कर्णाली क्षेत्रको जडिबुटी, कृषि, पर्यटन, ऊर्जा क्षेत्रको प्रचुर सम्भावनालाई सदुपयोग गरेर मात्रै मुलुकको आर्थिक समृद्धिको मार्गप्रशस्त गर्न सक्छ,’ उनले भने।

विगतका जस्ता कागजी योजनाले मात्रै कर्णाली क्षेत्रको विकास हुन नसक्ने प्रधानमन्त्रि दाहालले बताए। ‘कार्ययोजना बनाउँदा कार्यान्वयनको अवधि एवम् बजेटको बारेमा प्रष्ट व्यवस्था हुने गरी योजना प्रस्तुत गर्नुस्,’ उनले भने, ‘कर्णालीलाई हेर्ने मानसिकतामा परिवर्तनको जरुरी छ।’

पदाधिकारीले कर्णाली विकासको १० वर्षे गुरुयोजनाको खाका प्रस्तुत गरेका थिए । शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा आयोगका अध्यक्ष डा. चन्द्रकान्त पौडेल नेतृत्वको पदाधिकारी टोलीले प्रधानमन्त्रीसँग भेट गरेको हो।

भेटमा आयोगका पदाधिकारीले कर्णाली विकासको १० वर्षे गुरुयोजनाबारे प्रधानमन्त्रीलाई अवगत गराएकाे राससले जनाएकाे छ।


 

More form the Internet

loading...