Suvadin, Home

रेनोल्टकाे नयाँ वर्ष लक्षित याेजना

नयाँ योजनाले सम्भावित ग्राहकहरुका लागि सजिलो मासिक किस्ताबन्दीको विशेषताहरुको बारेमा जानकारी दिने कम्पनीले जनाएकाे छ। ग्राहकहरुले रोमाञ्चक क्विड तथा डस्टर न्यूनतम मासिक किस्तामा क्रमशः २८ हजार २ सय रूपैयाँ र १३ हजार ३ सय ५७ रूपैयाँ तिरेर प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ।

काठमाडौं, चैत १ – रेनोल्ट कम्पनीकाे नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटो मोबाइल्स् प्रालिले रेनोल्ट 'वाउ अफर' सार्वजनिक गरेको छ। कम्पनीले क्विड तथा डस्टरका लागि नयाँ अफर ल्याएको हो।
कम्पनीले ल्याएको नयाँ अफर ‘मेक योर न्यू इयर अ रेनोल्ट वाउ इयर, नाव ड्राइभ दि क्विड अर डस्टर एट लोएस्ट इएमआई एभर’ नारासहित आएको छ। यही सातादेखि नयाँ वर्षलाई लक्षित गरेर यो नयाँ योजना सार्वजनिक गरिएको हो।

नयाँ योजनाले सम्भावित ग्राहकहरुका लागि सजिलो मासिक किस्ताबन्दीको विशेषताहरुको बारेमा जानकारी दिने कम्पनीले जनाएकाे छ। ग्राहकहरुले रोमाञ्चक क्विड तथा डस्टर न्यूनतम मासिक किस्तामा क्रमशः २८ हजार २ सय रूपैयाँ र १३ हजार ३ सय ५७ रूपैयाँ तिरेर प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ।


 

More form the Internet

loading...