Suvadin, Home

महिलाकै लगानीमा सहकारी

ह्वाकु गाविसका महिलाले आफ्नै नेतृत्व र सेयर लगानीमा ‘जालपादेवी महिला कृषि सहकारी संस्था’ सञ्चालन गरेका छन्। ह्वाकुको नौवटै वडाका १० वटा आमा समूहमा आबद्ध १२५ महिलाले सेयर लगानी गरी सो सहकारी सञ्चालन गरेको अध्यक्ष बलमाया गुरुङले बताए। सहकारीमा आबद्ध सेयर सदस्यले न्यूनतम् १० देखि २० कित्तासम्म सेयर लगानी गरेका छन्। 

काठमाडाैं, माघ १९ - ह्वाकु गाविसका महिलाले आफ्नै नेतृत्व र सेयर लगानीमा ‘जालपादेवी महिला कृषि सहकारी संस्था’ सञ्चालन गरेका छन्। 

ह्वाकुको नौवटै वडाका १० वटा आमा समूहमा आबद्ध १२५ महिलाले सेयर लगानी गरी सो सहकारी सञ्चालन गरेको अध्यक्ष बलमाया गुरुङले बताए। सहकारीमा आबद्ध सेयर सदस्यले न्यूनतम् १० देखि २० कित्तासम्म सेयर लगानी गरेका छन्। 

सुरुवातमा सहकारीको कुल पुँजी तीन लाख ३९ हजार रहेको सचिव मेनुका ओलीले जानकारी दिए। सहकारीले बचत, ऋण लगानी तथा असुलीको कारोबार समेत सुरु गरेको छ।

ग्रामीण भेगका महिलाको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले सहकारी सञ्चालन गरेको ओलीको भनाइ छ। ‘देउराली सोसाइटी’ गैरसरकारी संस्थाले महिलालाई सहकारी संस्थातर्फ प्रवर्द्धन  गरेको हो। रासस 


 

More form the Internet

loading...