Suvadin, Home

साङयाेङकाे प्राविधिक प्रशिक्षण सम्पन्न

साङयाेङका सबै प्राविधिक तथा सर्भिस इन्जिनियरहरुलाई प्राविधिक प्रशिक्षण दिन कोरियाली प्रशिक्षक च्याङ हुन च्याङलाई कम्पनीले फेब्रुअरी ६ देखि फेब्रुअरी १० सम्मका लागि नेपाल आमन्त्रित गर्याे। प्रशिक्षकले उनीहरुलाई साङयाेङ कारहरुमा देखिने समस्याहरुको हल गर्न, ट्रबल शुट, नयाँ प्रविधि डायग्नोसिस तथा समाधानका प्रक्रिया जस्ता विभिन्न विषयवस्तुमा प्रशिक्षण दिएको थियो।

काठमाडाैं, फागुन ५


साङयाेङ मोटर्सकाे नेपालका लागि आधिकारीक बिक्रेता आइएमएस मोटर्स् प्रालिले नक्सालमा सुविधा सम्पन्न, आधुनिक तथा स्टेट अफ आर्ट एक्स्क्लुसिभ शो रुमको उद्घाटन गरेलगत्तै अब आफ्नो डिलर नेटवर्क र स्टेट अफ आर्ट सेवालाई साङयाेङ ग्राहकहरु माँझ विस्तार गर्ने लक्ष्य लिएको छ।

यसै सन्दर्भमा, साङयाेङका सबै प्राविधिक तथा सर्भिस इन्जिनियरहरुलाई प्राविधिक प्रशिक्षण दिन कोरियाली प्रशिक्षक च्याङ हुन च्याङलाई कम्पनीले फेब्रुअरी ६ देखि फेब्रुअरी १० सम्मका लागि नेपाल आमन्त्रित गर्याे।

प्रशिक्षकले उनीहरुलाई साङयाेङ कारहरुमा देखिने समस्याहरुको हल गर्न, ट्रबल शुट, नयाँ प्रविधि डायग्नोसिस तथा समाधानका प्रक्रिया जस्ता विभिन्न विषयवस्तुमा प्रशिक्षण दिएको थियो।

कम्पनीले प्रशिक्षणले साङयाेङ गाडीहरुमा हुने निरन्तर इन्नोभेसन तथा टेक्नोलोजिकल विस्तारसँग अपडेट रहन मद्दत पुर्याउने छ। ट्रेनिङको अन्त्यमा कम्पनीको टेक्निकल टिमको परीक्षा लिई प्रशिक्षणको प्रमाणपत्र प्रदान गरिएको थियो।

सन् २०१७ को मार्च तथा सेप्टेम्बरको अन्त्यसम्ममा कम्पनीले नयाँ काेरन्डाे तथा रेक्सटाेन को अनावरण गर्नेछ। आउने दिनहरुमा पनि अटोमोबाइल टेक्नोलोजीमा निरन्तर टेक्नोलोजिकल प्रगतिहरु हुनेछ।

त्यसैले कम्पनीको टेक्निकल टिमलाई सो परिवर्तनहरुसँग अपडेट गराउनु नै प्रशिक्षणको प्रमुख कारण रहेको थियो। भविष्यमा पनि कम्पनीले कोरियन टिमलाई नेपाल बोलाएर वा यहाँको टिमलाई कोरिया पठाई यस प्रकारका प्रशिक्षणहरु गरिनै रहने छ।

यसले हाम्रो टिमलाई बलियो बनाउनुका साथसाथै ग्राहकहरुलाई एकै प्रक्रिया तथा मापडण्डमा सेवा प्रदान गर्न सक्षम बनाउँछ। आइएमएस मोटर्स् ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न यस्ता कार्यक्रमहरु निरन्तर गरिरहन प्रतिबद्ध रहेकाे जनाएकाे छ।


 

More form the Internet

loading...