Suvadin, Home
मुलुकभरका सुनचाँदी व्यवसायीहरुको राष्ट्रिय सम्मेलन शोमवार काठमाडौंमा सम्पन्न भएको छ। व्यावसायिक अनुगमन तथा नियमन निर्देशिकामाथिको छलफलमा केन्द्रित रहेको सो सम्मेलनको उद्घाटन गर्दै आपूर्तिमन्त्री दीपक बोहोराले सुनचाँदीको वितरण प्रणाली वैज्ञानिक हुनुपर्ने आवश्यकता औंल्याए।  

काठमाडौं, माघ १७


मुलुकभरका सुनचाँदी व्यवसायीहरुको राष्ट्रिय सम्मेलन सोमबार काठमाडौंमा सम्पन्न भएको छ। व्यावसायिक अनुगमन तथा नियमन निर्देशिकामाथिको छलफलमा केन्द्रित रहेको सो सम्मेलनको उद्घाटन गर्दै आपूर्तिमन्त्री दीपक बोहोराले सुनचाँदीको वितरण प्रणाली वैज्ञानिक हुनुपर्ने आवश्यकता औंल्याए।  

सुनचाँदी सम्बन्धी निर्देशिका नभएका कारण बजार अनुगमनमा समस्या परेको भन्दै निर्देशिकाले सुन बजारलाई मर्यादित र अनुशासित बनाउने मन्त्री बोहोराले बताए। नेपाल सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभुषण व्यवसायी महासंघको संयुक्त आयोजनामा भएको ‘बहुमुल्य गहनाको उत्पादन, कारोबार तथा अनुगमन निर्देशिका मस्यौदा’बारे सुझाव तयार गर्न आयोजित राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री बोहोराले यस्तो बताएका हुन्। 

मन्त्री बाहोराले उपभोक्ता ऐनको मस्यौदामा सुनमा कालो बजारी गर्ने तथा मिसावट गर्नेलाई कडा कारबाहीको व्यवस्था गरिएको भन्दै यसतर्फ सजग र सचेत रहन व्यवसायीहरुलाई आग्रह गरे। ऐनले कड प्रावधान समेटेकोले गल्ति नै नगर्न उनले सम्वद्ध सबैलाई सुझाएका हुन्। 

सुनचाँदी बजार व्यवस्थित र मर्यादित बनाउन निर्देशिका अपरिहार्य भएकाले सो निर्देशिका छिट्टै आउने बताए। तर, निर्देशिका जारी हुँदा उपभोक्ताका हकहितलाई ध्यानमा राखिने मन्त्री बोहोराको भनाइ थियो। अहिले बजारमा सुनको अभाव देखिएकाले कोटा वृद्धि गर्नेमा उनी सकारात्मक देखिए। त्यस्तै, सुनचाँदकिो निकासी पैठारीमा देखिएका समस्या समाधानका लागि पनि सरकार तयार रहेको बोहोराले बताए। 

सो कार्यक्रममा बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले बैंकहरूको सुन खरिदको प्रकृयालाई सहज बनाउने बताए। व्यवसायीहरुले बैंकको सुन खरिद प्रकृया झण्झटिलो भन्दै आइरहेका बेला सबै सरोकारवालाहरुसँग छलफल गरी वितरण प्रणाली सहज बनाउने अध्यक्ष शाहको भनाइ थियो। त्यस्तै, कार्यक्रममा सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले सधैँजसो बजारमा सुनको अभाव हुने भएकाले यथासिघ्र कोटा वृद्धि गर्नुपर्ने बता। बजारमा सुनको अभाव भएका कारण व्यवसाय नै बन्द गर्नुपर्ने स्थिति आएको भन्दै कोटा वृद्धि गर्नुपर्ने अध्यक्ष सुनारले माग गरे। मुलुक प्रान्तिय प्रणलीमा गए पनि सुनको वितरण प्रणाली भने केन्द्रिकृत भएकोप्रति असन्तुष्टि व्यक्त गरे। 

कार्यक्रममा रत्न तथा आभुषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनले सुनचाँदीको मापदण्ड सम्बन्धी मस्यौदाको कार्यपत्र प्रश्तुत गर्दै उपभोक्ता र व्यवसायी कसैलाई पनि अप्ठ्यारो नपर्नेगरी मापदण्ड वनाउन आवश्यक रहेको बताए। उनले यसका लागि सरकारसँग छलफल भइरहेको र छिट्टै मापदण्ड वन्ने वातावरण बन्दै गएको कार्यक्रममा जानकारी गराए।

कार्यक्रममा आपूर्ति मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठले मापदण्डसम्वन्धी अधिकांश बुँदामा छलफल भइसकेको र उपभोक्ताको हक अधिकार सुनिश्चित हुनेगरी यसलाई निर्माण गरिने बताए। त्यसक्रममा नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले तीन वर्षदेखि मापदण्डको विषय चलिरहेको उल्लेख गर्दै यसलाई शीघ्र टुङ्ग्याउन मन्त्री बोहरासँग आग्रह गरे। 

छलफलका क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य, उपाध्यक्ष ज्ञानुराज शाक्य, उपाध्यक्ष प्रेम कुमार सेन्चुरी, उपाध्यक्ष अर्जुन रसाइली, उपाध्यक्ष मोहनकाजी शाक्य, उपाध्यक्ष दियसरत्न शाक्य, महासचिव धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्ष महेन्द्ररत्न शाक्य, सचिव किरण्ढाभाइ बज्राचार्य, निवर्तमान अध्यक्ष मणिरत्न शाक्य, विशिष्ट सदस्य तेजरत्न शाक्य लगायतका मुलुकभरका व्यवसायीहरूले मापदण्डका विषयमा आ आफ्नो भनाइ राखेका थिए। सुनचाँदी व्यवसायीहरुले विगत तीन वर्षदेखि यो राग राख्दै आएका छन्। 
 


 

More form the Internet

loading...