Suvadin, Home

अन्तर्राष्ट्रिय व्यापार मेला चैतमा हुने

आगामी चैतमा राजधानीमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी चैत ३ देखि ७ गतेसम्म भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुन लागेको जानकारी गराएको हो।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका ।

काठमाडौं, फागुन १९ - आगामी चैतमा राजधानीमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी चैत ३ देखि ७ गतेसम्म भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुन लागेको जानकारी गराएको हो।

महासंघले मेलाको सम्पूर्ण तयारी पूरा भएको पनि जनाएको छ। मेलामा स्वदेशी एवम् विदेशी वस्तु तथा सेवाको तीन सय ४० स्टल रहने छन्। मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टिलका स्टलहरु रहनेछन्।

त्यसैगरी, ३५ वटा स्टलमार्फत नेपाली जडिबुटीका उत्पादनहरु प्रदर्शन गरिने छ। महासंघको कृषि उद्यम केन्द्र अन्तर्गतको हिमाली आयोजनाका ७० वटा स्टलमार्फत कृषि उत्पानहरुको प्रदर्शनी पनि गरिने आयोजकले जनाएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मेलालाई स्वदेशी एवम् विदेशी व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसरको रुपमा लिएको बताएका छन्। मेलामा रोजगारी सूचना केन्द्रको स्टलमार्फत रोजगार सम्बन्धी जानकारी पनि दिइने छ।

चीन, भारत, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड लगायत देशका कम्पनीको सहभागिता रहने मेलामा चीनबाट ८५, भारत १०, पाकिस्तान २०, बंगलादेश ५०, थाइल्याण्डबाट २ वटा स्टलहरु बुक भइसकेको पनि आयोजक महासंघले जनाएको छ।


 

More form the Internet

loading...