Suvadin, Home

चोभारमा अत्याधुनिक तरकारी बजार

चोभारमा अत्याधुनिक तरकारी, फलफूल तथा पुष्प बजारको निर्माण हुने भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले चोभारमा तरकारी, फलफूल तथा पुष्प बजार निर्माण गर्न लागिएको जानकारी दिएका हुन्।

काठमाडौं, फागुन १– चोभारमा अत्याधुनिक तरकारी, फलफूल तथा पुष्प बजारको निर्माण हुने भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले चोभारमा तरकारी, फलफूल तथा पुष्प बजार निर्माण गर्न लागिएको जानकारी दिएका हुन्।

समितिको २३ औं वार्षिक उत्सवको अवसरमा आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले तरकारी बजारलाई व्यवस्थित गर्न पनि विभिन्न ठाउँहरुमा वैकल्पिक व्यवस्था गर्दै लैजाने नीति लिइएको स्पष्ट पारे।

कार्यकारी निर्देशक पौडेलले चोभारमा २२ रोपनी जग्गा रहेको उल्लेख गर्दै बजार निर्माणका लागि ३३ करोड बजेटको व्यवस्था भइसकेको पनि जानकारी दिएका छन्। समितिले बालाजुमा मत्य तथा कृषिजन्य बजार निर्माण गर्ने योजना पनि बनाएको छ।

तरकारी बजारलाई व्यवस्थित गर्न विभिन्न ठाउँहरुमा बजारको व्यवस्था गर्नुपर्ने अवस्था आएको समितिले जनाएको छ। समितिले नेपाल तरकारीजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बन्दै गएको पनि जनाएको छ। कार्यकारी निर्देशक पौडेलले हाल नेपालमै उत्पादन भएका तरकारी ६५ प्रतिशत रहेको बताए।

केही वर्ष अघिसम्म ८० प्रतिशत तरकारी भारतीय बजारबाट आउने गरेकोमा अहिले नेपालमै उत्पादन भएका तरकारीको हिस्सा ६५ प्रतिशत पुगेको समितिको प्रगति विवरणमा उल्लेख गरिएको छ। समितिले कालीमाटी तरकारी बजारको पनि व्यवस्थापन गर्न लागेको छ।


 

More form the Internet

loading...