Suvadin, Home

एनसेलको साप्ताहिक 'रोमिङ् डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा

‘साप्ताहिक रोमिङ् डेटा प्याक’ अन्तर्गत ग्राहकले रु १५०० मा २५० एम.बि. डेटा र रु ५००० मा १ जि. बि. डेटा खरिद गर्न सक्नेछन् । त्यसै गरि रोमिङ ट्रान्जिट पास लिने ग्राहकले रु ५०० मा ट्रान्जिटमा रहेका बेला निरन्तर डेटाको मज्जा लिन सक्छन् ।


काठमाडौंं, मंसिर ३० ।

मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकको डेटा आवश्यकतालाई ध्यानमा राख्दै ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘रोमिङ ट्रान्जिट पास’ नामक दुई आकर्षक सेवा ल्याएको छ ।

साप्ताहिक रोमिङ् डेटा प्याक अन्तर्गत एनसेलका ग्राहकले अब विदेश भ्रमणमा रहेका बेलामा पनि रु ५ प्रति एम.बि. सम्मको न्युन शुल्कमा डेटाको मज्जा लिन सक्छन् । ट्रान्जिट पासले ग्राहकलाई प्रमुख ट्रान्जिट गन्तव्यमा रहेका समयमा निरन्तर डेटा सेवा सुनिश्चित गर्दछ । यी सेवाहरु यहि पुस १ गते शुक्रबार देखि लागु हुनेछन् । ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ अन्तर्गत ग्राहकले रु १५०० मा २५० एम.बि. डेटा र रु ५००० मा १ जि. बि. डेटा खरिद गर्न सक्नेछन् । त्यसै गरि रोमिङ ट्रान्जिट पास लिने ग्राहकले रु ५०० मा ट्रान्जिटमा रहेका बेला निरन्तर डेटाको मज्जा लिन सक्छन् । यी सेवा अन्तर्गतका सबै शुल्क कर सहित हुन् ।

साप्ताहिक रोमिङ् डेटा प्याक भारत, चिन, अमेरिका, बेलायत, हङकङ, सिङगापुर, अष्ट्रेलिया, मलेसिया, फ्रान्स, जर्मनी, कतार, टर्कि लगायत ५० भन्दा बढि देशमा लागु हुनेछ । त्यसैगरी रोमिङ ट्रान्जिट पास अन्तर्गतको अफर भारत, चिन, बङ्गलादेश, हङकङ, मलेसिया, ओमान, कतार, सिङ्गापुर, थाइल्यान्ड र टर्कि लगायतका १० देशमा ट्रान्जिटमा रहेको समयमा लागु हुनेछ । 

एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ सुचारु गर्न सक्छन् । रोमिङ सेवा सुचारु गर्न एनसेलका प्रिपेड ग्राहकले अंग्रेजीमा ‘ए’ टाइप गरि ९००२२८ मा एसएमएस गर्न सक्नेछन् भने पोष्टपेड ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई  वा आफ्नो अकाउन्ट म्यानेजरलाई सम्पर्क गरी रोमिङ सेवा सुचारु गर्न सक्छन् । साप्ताहिक रोमिङ् डेटा प्याक सेवा सुचारु गरेको दिन देखि सात दिनको लागि मान्य हुनेछ । 

रोमिङ् ट्रान्जिट पास अफर अन्तर्गत एनसेलका ग्राहकले ट्रान्जिटमा आठ घण्टासम्म निरन्तर डेटा कनेक्सनको मज्जा लिन सक्नेछन् । यो सेवा सुचारु गर्न ग्राहकले पहिले एस्ट्रिक्स १२१२७ ह्यास डायल गरि रोमिङ सेवा सुचारु गरी पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी निर्देशन अनुसार ट्रान्जिट पास सेवा सुचारु गर्न सक्नेछन् । आठ घण्टाको समयावधि पश्चात सम्बन्धित देशका लागि तोकिएको विद्यमान पे एज यु गो दर अनुसार डेटा शुल्क लाग्नेछ । 

‘‘ग्राहकले विदेश भ्रमणमा रहँदा महसुस गर्ने डेटाको आवश्यकतालाई ध्यानमा राखेर यी सेवाहरु ल्याइएको हो । यी सेवाहरुले रोमिङ्मा रहने हाम्रा ग्राहकलाई आफ्ना परिवार, प्रियजन तथा व्यवसायसँग सम्पर्कमा रहन योगदान पुयाई थप मुल्य प्रदान गर्ने विश्वास छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । आफ्नो संचार आवश्यकता बमोजिम ग्राहकले जति पटक पनि साप्ताहिक रोमिङ् डेटा प्याक लिन सक्छन् ।  ग्राहकले एस्ट्रिक्स १०१ ह्यास डायल गरी आफ्नो प्याकमा कति डेटा बाँकी छ भनेर हेर्न सक्छन् । यो प्याकमा स्वतः नविकरण हुने व्यवस्था रहेको छैन ।


 

More form the Internet

loading...