कति खतरनाक गर्भ निरोधक चक्की ?
काठमाडौं, पुस २५
विश्व स्वास्थ्य संगठनले विश्वभरि १० करोडभन्दा धेरै महिला गर्भनिरोधक चक्कीको प्रयोग गर्ने जनाएको छ। यद्यपि, १९६० को दशकमा गर्भनिरोधक चक्कीको सुरुवात भएपछि यसको प्रयोगका कारण अलग–अलग तरिकाका साइड इफेक्ट देखिने गरेको छ।
पछिल्लो पटक गरिएको अध्ययन अनुसार गर्भनिरोधक चक्कीको प्रयोगबाट खतरा बढिरहेको छ। डेनमार्कका अनुसन्धानकर्ताले करिब १० लाख महिलाको मेडिकल रेकर्डलाई अध्ययनमा सामेल गरेका थिए।
१५ देखि ३४ वर्षका यी महिलामा पहिलेदेखि डिप्रेसनको लक्षण देखिएको थिएन। अध्ययनअनुसार गर्भनिरोधक चक्की प्रयोग गरेपछि डिप्रेसनको औषधि पनि लिनु परेको थियो। कतिपयले त अस्पतालमै भर्ना हुनु परेको थियो।
त्यसैले गर्भनिरोधक चक्कीको प्रयोग सकेसम्म कम गर्नुपर्ने निष्कर्षमा अनुसन्धान टोली पुगेको छ।