Suvadin, Home

अात्महत्या हाे, च्याप्टर क्लाेज भइसक्याे : सर्वेन्द्र खनाल

कलाकार दीपकराज गिरीलगायतले निर्माण गरेकाे यस वर्षकाे सर्वाधिक सफल चलचित्र ‘छक्का पन्जा’को अवैध प्रतिलिपि गरेको आरोप लागेका युवकले आत्महत्या गरेपछि गरेपछि निर्माण युनिट र प्रहरीलार्इ विभिन्न अाराेप लागिरहेका बेला अपराध अनुसन्धान विभागका प्रमुख सर्वेन्द्र खनालले साे कुरा अात्महत्या भएकाले ‘च्याप्टर क्लाेज’ भइसकेकाे बताएका छन्।

काठमाडाैं,माघ २

‘अात्महत्या भन्ने कुरा उनकाे सुसाइड नाेटले नै प्रमाणित भइसक्याे,’ एसएसपी खनालले भने, 'अात्महत्या पुष्टि भएपछि त्यसकाे अरू अनुसन्धान हुँदैन।'

छक्कापञ्जाकाे पाइरेसीकाे अाराेप लागेका नवलपरासी स्थायी घर भर्इ काठमाडाैंमा बस्दै अाए कृष्ण सुवेदीले अाफ्नै डेराको फ्यानको सिलिङ गलबन्दीको पासो लगाएर आत्महत्या गरेपछि प्रहरी र निर्माण युनिटले दिएकाे नियमित मानसिक तनाव दिएका कारण अात्महत्या गरेकाे अाराेप लाग्दै अाएकाे छ। अाराेपकाे खण्डन गर्दै खनालले भने, ‘अात्महत्या अघि सुवेदीले लेखेकाे सुसाइड नोटमा आफ्नो आत्महत्यामा कसैलाई दोष नदिनू भनी प्रस्ट लेखिएकाे छ। त्यसमा छक्कापन्जाकाे पाइरेसीबारे उनले केही नलेखिएकाले पनि छक्कापञ्जा चलचित्रकाे पाइरेसीसँग याे अात्महत्या गाँसिदैन।’

यसअघि चलचित्र पाइरेसीबारे अनुसन्धानका क्रममा महानगरीय प्रहरी अपराध महाशाखाले उनीसहित चार जनासँग समान्य सोधपुछ गरेर छाडेकाे उनले दाेहाेर्याए।

यता, चलचित्रका मुख्यकलाकार तथा निर्माता दिपकराज गिरीले भने सामाजिक सञ्जालमा लामाे स्टाट्स लेख्दै, मिडियाले अाफ्नाे 'टीअारपी' बढाउन मात्र समाचार उछालेकाे र ती युवककाे अात्महत्यासँग छक्कापञ्जाकाे कुनै कनेक्सन नरहेकाे उल्लेख गरेका छन्।

‘पाइरेसी भएकाे थाहा पाएर पनि हामीले उनीहरूकाे भविष्य बिग्रन्छ भनी मुद्दा नचलार्इ सामान्य सम्झाएर छाडेका हाैं,’ उनले लेखेका छन्, ‘यदि याे संवेदनशील विषयमा एक प्रतिशत पनि हामीलार्इ अाराेप लाग्याे भने कानुन अनुसार सजाय भाेग्न तयार छाैं।'

More form the Internet

loading...