Suvadin, Home
Nepal Life Insurance Ltd.

मिर्गौला बेचबिखन गर्ने तीन पक्राउ

महानगरीय प्रहरी अपराध महाशाखाले भारतका विभिन्न सहरमा जागिर लगाइदिने प्रलोभन देखाई मानव अङ्ग मिर्गाैला बेचबिखन गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। महाशाखाले बिहीबार पत्रकार सम्मेलन गरी भारतका विभिन्न स्थानमा लगी बेहोस बनाई मिर्गौला निकाली बेचबिखन गर्ने तीन जनालाई पोखरा र काठमाडौँबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो। 

काठमाडौं, पुस १४


महानगरीय प्रहरी अपराध महाशाखाले भारतका विभिन्न सहरमा जागिर लगाइदिने प्रलोभन देखाई मानव अङ्ग मिर्गाैला बेचबिखन गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। 

महाशाखाले बिहीबार पत्रकार सम्मेलन गरी भारतका विभिन्न स्थानमा लगी बेहोस बनाई मिर्गौला निकाली बेचबिखन गर्ने तीन जनालाई पोखरा र काठमाडौँबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई बौद्ध बस्ने विकास भन्ने बिनुबहादुर तिमल्सेना, दोलखा घर भई भक्तपुर बस्ने प्रकाश बस्नेत र कास्की घर भई पोखरा बस्ने भीमप्रसाद न्यौपाने रहेका छन्। 

सो अवसरमा महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले जागिर लगाइदिने बहाना बनाएर लैजाने, विभिन्न प्रकारका खानेकुरा खुवाएर लठ्याउने र मिर्गाैला झिकेर बेच्ने तथा पुनःनेपाल ल्याइदिने गरेको बताए। हालसम्म पाँच जनाको मिर्गाैला झिकेर बिक्री गरेको अनुसन्धानमा खुल्न आएको खनालले बताए। 

उनले मिर्गाैला बेचबिखनमा संलग्न रहेको आरोपमा दुई जनाको खोजी कार्य जारी रहेको पनि बताए। रासस

 

More form the Internet

loading...