Suvadin, Home

गस्तीमा निस्केका वनरक्षकको हत्या

प्रहरी कार्यालय ताप्लेजुङका अनुसार जाजरकोट घर भएका शाहीको आइतबार बिहान हत्या भएको हो। खोक्लिङ गाविसको ओइराखुस्थित जंगलमा सामुुदायिक वनको लगत सर्वेक्षणको क्रममा गएको समयमा स्थानीय सबिन लिम्बूले खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक जानकारी आफूलाई प्राप्त भएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले जानकारी दिए।

सन्तोष पुर्कुटी, ताप्लेजुङ, पुस १७


वन कार्यालय ताप्लेजुङका एक कर्मचारीको हत्या भएको छ। कार्यालय अन्तर्गत खोक्लिङ रेञ्जपोष्टमा कार्यरत वनरक्षक गणेश शाहीको हत्या भएको प्रहरीले बताएको छ।

प्रहरी कार्यालय ताप्लेजुङका अनुसार जाजरकोट घर भएका शाहीको आइतबार बिहान हत्या भएको हो। खोक्लिङ गाविसको ओइराखुस्थित जंगलमा सामुुदायिक वनको लगत सर्वेक्षणको क्रममा गएको समयमा स्थानीय सबिन लिम्बूले खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक जानकारी आफूलाई प्राप्त भएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले जानकारी दिए।

शाहीको घाँटीमा हतियार प्रहार भएको केसीले बताएका छन्। वन कार्यालय ताप्लेजुङका निमित्त प्रमुख दानबहादुर श्रेष्ठले वन रक्षक सुरेन्द्र कार्कीसहितको टोली सर्वेक्षणका क्रममा परिचालन भएको बताए।

शाहीको हत्या भएको र कार्की भागेर वन कार्यालयको सम्पर्कमा आएको जानकारी दिए। उनले खोक्लिङ रेञ्जपोष्टका इञ्चार्ज सुमेश्वरकुमार दासको नेतृत्वमा घटनाको जानकारी लिन टोली परिचालन गरिएको बताए।

इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक देवीप्रसाद फागो नेतृत्वको टोली पनि घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। घटनास्थल सदरमुकाम फुङलिङबाट करिब चार घण्टाको पैदल दुरीमा पर्छ। खुकुरी प्रहार गर्ने सबिन फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।


 

More form the Internet

loading...