Suvadin, Home

हात्तीको आक्रमणमा पर्यटकको मृत्यु

सौराहामा जंगली हात्तीको आक्रमणबाट मंगलबार एक जना पर्यटकको ज्यान गएको छ। सौराहास्थित हात्ती प्रजनन् केन्द्रको अवलोकनका लागि परिवारसहित पुगेकी भारत, गुजरातकी २२ वर्षीया स्नेहा कानपाराको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरीले जनायो।

रत्ननगर (चितवन), पुस २६


सौराहामा जंगली हात्तीको आक्रमणबाट मंगलबार एक जना पर्यटकको ज्यान गएको छ।

सौराहास्थित हात्ती प्रजनन् केन्द्रको अवलोकनका लागि परिवारसहित पुगेकी भारत, गुजरातकी २२ वर्षीया स्नेहा कानपाराको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरीले जनायो।

बिहान साढे दश बजे हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी उनको चितवन मेडिकल कलेजमा उपचार क्रममा मृत्यु भएको हो।

हात्ती प्रजनन केन्द्रमा घुम्ने क्रममा निकुञ्जबाट आएको हात्तीले उनलाई आक्रमण गरेको जनाइएको छ। सौराहामा पालुवा हात्तीसँग सहवासका लागि जंगली हात्ती आउने गर्छन । रासस


 

More form the Internet

loading...