Suvadin, Home

महिन्द्राको इलेक्ट्रिक भेहिकल इटुअाे स्पाेट्ज बजारमा

अग्नि ग्रुप भारतकै अग्रणी अटोमाबाइल उत्पादक महिन्द्रा एण्ड महिन्द्राको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता अन्तर्गतको अग्नि इनर्जी प्रा.लि. ले महिन्द्रा कम्पनीको इटुअो स्पोट्ज बजारमा ल्याएको छ। महिन्द्राले ल्याएको यो दोस्रो इलेक्ट्रिक गाडीको प्रारम्भिक मूल्य २६ लाख रूपैयाँ तोकिएको छ ।

काठमाडाैं, पुस २७

महिन्द्राको स्पोर्ट्स् भेरिएन्ट यस कारमा विभिन्न उपयोगी फिचर्सजस्तै डुअल एयरबैग, एबिएस्, फास्ट चार्जिङ्ग तथा रियर वाइपर रहेका छन्। १२७ किलोमिटरको अतिरिक्त रेन्जका साथै गाडीमा थप स्टोरेज एरिया पनि उपलब्ध छ। लेदर सिटका साथ प्रिमियम स्टाइलिङ्ग, ब्लोपन्क्ट् इन्फोटेन्मेन्ट सिस्टम तथा स्टियरिङ्ग माउन्टेड अडियो कन्ट्रोल पनि यसमा रहेका छन्। महिन्द्रा इटुअाे स्पाेट्ज १०० किलोमिटर प्रतिघण्टाको टप स्पीड दिन सक्षम रहेको बताइएको छ ।

महिन्द्रा इटुअाेको अनावरण कार्यक्रममा बोल्दै महिन्द्रा इलेक्ट्रिकका सिइओ महेश बाबुले भने, ‘इलेक्ट्रिक साधनप्रतिको लोकप्रियता बढ्दै गएको पाएको छु। त्यो दिन टाढा छैन जब इलेक्ट्रिक गाडीहरुले फसिल फ्यूलमा चल्ने गाडीहरुलाई उछिन्ने छन् र सडकमा भारी मात्रामा देखिने छन्।’

More form the Internet

loading...