Suvadin, Home

सिभिल मलकाे पूरस्कार घाेषणा

 

सिभिल मलले विजया दशमी एवं दीपावली २०७३ को उपलक्ष्यमा आयोजना गरेको प्रवद्र्घनात्मक कार्यक्रम ‘टीभीेएस अपाचे दसैं तिहार महोत्सव २०७३’ सम्पन्न भएको छ । गत असोज १ देखि कार्तिक २७ सम्म आयोजित सो कार्यक्रममा नैकापका लबेन्द्र कार्कीले टीभीेएस अपाचे प्राप्त गरेभने लुभुकी अनुस्का पाठक र स्वयम्भूकी छिरिङमा शेर्पाले क्रमशः टीभीएस जुपीटर र टीभीएस जेस्ट प्राप्त गरे । 

कार्यक्रममा विकास भुजेल र सुमीत मगरले क्रमशः आस्रीको हीराको हार र एलजीको एलइडी टीभी जिते । सिभिल मलमा रु एक हजार भन्दा बढीको किनमेल गर्ने ग्राहकहरुलाई प्रदान गरिएको कुपनहरुमध्ये खुल्ला गोलाप्रथाबाट विजयीहरुकोे चयन गरिएको थियो । कार्यक्रम अवधिमा विभिन्न विजेताहरुले आस्रीका हीराका गहना, एलजीका स्मार्ट फोनहरु, भ्याकुम क्लीनर, माइक्रोवेभ ओभन, वासिंग मेशिन, रेफ्रिजरेटर, एलसीडी टीभी लगायत मलका पसलहरुले प्रयोजन गरेका अनेकौं उपहार प्राप्त गरे । सिभिल मलले कार्यक्रमलाई सफल पार्न सहयोग पुर्याउने सबै प्रायोजकहरुलाई धन्यवाद ज्ञापन गरेको छ । 
 


 

More form the Internet

loading...