Suvadin, Home

सबै निर्माताहरुको दाबी, ‘मैरै फिल्म हिट’

बलिउड फिल्म दंगल र कलिउड छक्कापञ्जाले रेकर्ड ब्रेक गर्दै हलमा कब्जा जमाएको बेला शुक्रबार रिलिज भएका तीन वटा नेपाली फिल्मले उल्लेख्य व्यापार गरिरहेका छन्। सबै निर्माताहरूका अनुसार फिल्मको व्यापार राम्रो रहेको छ।
Nepali Film Chakra

काठमाडौं, पुस १८
बलिउड फिल्म दंगल र कलिउड छक्कापञ्जाले रेकर्ड ब्रेक गर्दै हलमा कब्जा जमाएको बेला शुक्रबार रिलिज भएका तीन वटा नेपाली फिल्मले उल्लेख्य व्यापार गरिरहेका छन्। सबै निर्माताहरूका अनुसार फिल्मको व्यापार राम्रो रहेको छ।
 
शुक्रबार रिलिज भएका समर्पण, यु–टर्न र चक्रको व्यापार सन्तोषजनक रहेको प्रतिक्रिया हल सञ्चालकले पनि दिएका छन्। 
 
रेमिस भिजनको ब्यानरमा निर्मित चलचित्र यु–टर्न शुक्रबार देशभर रिलिज भएको छ। यु–टर्न रिलिज भएको तेस्रो दिन पनि दर्शकको साथ उल्लेख्य रहेको जानकारी निर्देशक दिनेशकुमार लामाले दिएका छन्। ‘फिल्मको बक्स अफिस कलेक्सन सन्तोषजनक रहेको छ,’ लामाले शुभदिनसँग भने।
 
अभिनेता तथा निर्देशक प्रेम लामा, इतिषा नेम्वाङ, गोविन्द अर्मजा, नीता पुन, दीपक गुरुङ, एलबी सुब्बा, सूर्य मोक्तान, कमला लिम्बूलगायत मुख्य भूमिका रहेको छ। हलिउड अभिनेता सिजर अनबरको अतिथि भूमिका रहेको छ।
 
त्यस्तै, हल्का प्रचार प्रसार गरिएको चलचित्र समर्पणको व्यापार सामान्य छ। निर्देशक वसन्त निरौलाद्वारा निर्देशित यो चलचित्रमा रोजन खनाल, रञ्जु शर्मा, रुवि शर्मा, प्रयास तामाङ, विश्वास लामा, अमृत शाही ठकुरी र आशा भुषाललगायतका कलाकारको अभिनय छ। यो चलचित्रका निर्माता बंगलादेशी इमरान सिद्धिकी हुन्।
 
प्रस्तोता पञ्चलाल श्रेष्ठले फिल्मको रिलिजबारे खासै प्रचार प्रसार नभएपनि तीन फिल्ममध्ये चक्र नै राम्रो चलिरहेको बताए। द्वन्द्व र प्रेममा आधारित चक्र अहिले ५२ वटा हलमा चलिरहेको छ। यस फिल्ममा रोहन श्रेष्ठ, सञ्जय महर्जन, बिकु थोकर, सिर्जना थापा मगर, सुजु मगरलगायत कलाकारको अभिनय रहेको छ।

 

More form the Internet

loading...