Suvadin, Home

सुन तस्करीमा विमानस्थल र भन्सार कर्मचारी : प्रहरी

मंगलबार संसदको अर्थ समितिमा भएको छलफलमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले विमानस्थल र भन्सारका कर्मचारीको मिलेमतोमा नै सुन तस्करी हुने गरेको जिकिर गरेका हुन्। उनीहरुले केही दिनअघि बिमानस्थल बाहिरबाट ३३ किलो सुन पक्राउको घटनाले विमानस्थलबाट तस्करहरुले नियमित रुपमा सुन तस्करी हुने गरेको पुष्टि भएको दावी समेत गरे।
ब्युरोले केही दिनअघि पक्राउ गरेको सुन।

काठमाडौं, पुस २६


सुन तस्करीमा विमानस्थल र भन्सारका कर्मचारी नै दोषी रहेको सुरक्षा निकायले आरोप लगाएको छ।

मंगलबार संसदको अर्थ समितिमा भएको छलफलमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले विमानस्थल र भन्सारका कर्मचारीको मिलेमतोमा नै सुन तस्करी हुने गरेको जिकिर गरेका हुन्। उनीहरुले केही दिनअघि बिमानस्थल बाहिरबाट ३३ किलो सुन पक्राउको घटनाले विमानस्थलबाट तस्करहरुले नियमित रुपमा सुन तस्करी हुने गरेको पुष्टि भएको दावी समेत गरे।

प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले विमानस्थलमा भएका घटनाको छानबिन गर्ने जिम्मा आफूहरुले नपाएसम्म तस्करीको गिरोह नियन्त्रण गर्न नसकिने बताए। उनले कर्मचारीको मिलेमतोमा भएका घटनाको प्रहरीले छानविन नगरेसम्म संगठित गिरोह नियन्त्रण गर्न नसकिने दावी गरे।

भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले सुन तस्करी काण्डमा विभागका कर्मचारीको संलग्नता रहे कारवाही गर्न आफू तयार रहेको बताए। उनले विभागले विमानस्थलमा अत्याधुनिक एक्सरे मेसिन ल्याउन टेण्डरको प्रक्रियामा रहेकाले केही महिनापछि विमानस्थलको सुरक्षामा थप कडाइ हुने दावी गरे। उनले हाल सञ्चालनमा रहेको एक्सरे मेसिनले कालो प्लाष्टिकमा बेरेको सामानको चेकजाँच गर्न नसकेकाले आपराधिक घटनाहरु बढेको हुनसक्ने आशंका पनि व्यक्त गरे।

अर्थ मन्त्रालय राजस्व विभागका सचिव राजन खनालले पछिल्लो केही वर्षदेखि सुनचाँदी व्यवसायीले बैंकमार्फत सुन किन्न छाडेकाले चोरी निकासी बढेको बताए। उनले व्यवसायीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सकेमात्र चोरी तस्करी नियन्त्रण गर्न सकिने बताए।

छलफलमा प्रहरी नायब महानिरिक्षक नवराज सिलवालले तस्करीको घटनाको छानविन गरेर सत्यतथ्य पत्ता लगाउने प्रतिवद्धता व्यक्त गरे। केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो प्रमुखसमेत रहेका सिलवालले विमानस्थलमा रहेको कडा सुरक्षा घेरा पार गरेर सुन तस्करी हुनुले सुरक्षा क्षमतामै प्रश्न उठेको बताए।

 


 

More form the Internet

loading...