Suvadin, Home

युवा संघ रूपन्देही अध्यक्ष तिवारीकाे गाेली हानी हत्या

एमाले भ्रातृ संगठन युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारीकाे अज्ञात समूहले गोली हानी हत्या गरेकाे छ। रुपन्देही प्रहरीका अनुसार दिउँसो करिब साढे तीन बजे देवदहमा तिवारीमाथि गोली प्रहार भएको हो। 

सेतोपाटी संवाददाता 
बुटबल, पुस ४

एमाले भ्रातृ संगठन युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। 

रुपन्देही प्रहरीका अनुसार दिउँसो करिब साढे तीन बजे देवदहमा तिवारीमाथि गोली प्रहार भएको हो। 

गोली लागेका तिवारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।


 

More form the Internet

loading...