Suvadin, Home
नेपाली उत्पादन विश्वमै लोकप्रिय छन्। तर, अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने रणनीति, सरकारी तत्परता नहुँदा नेपाली उत्पादन कहलिन चाहिँ सकेका छैनन्। तर, केही निजी क्षेत्रका अगुवाले आफ्नो लगानीमा नेपाली उत्पालनलाई विश्व बजारमा पुर्याउने कोसिस गरिरहेका छन्। यस्तै सफलता हासिल गरिरहेको छ, नेपाली हरियो चिया।
हरि सिटौला।

इलाम, पुस २८


नेपाली उत्पादन विश्वमै लोकप्रिय छन्। तर, अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने रणनीति, सरकारी तत्परता नहुँदा नेपाली उत्पादन कहलिन चाहिँ सकेका छैनन्। तर, केही निजी क्षेत्रका अगुवाले आफ्नो लगानीमा नेपाली उत्पालनलाई विश्व बजारमा पुर्याउने कोसिस गरिरहेका छन्। यस्तै सफलता हासिल गरिरहेको छ, नेपाली हरियो चिया।

समुद्र सतहभन्दा दुई हजार मिटरमाथि उत्पादित हरियो चिया पत्ती अर्थात् ग्रीन टीको माग अहिले बढिरहेको छ। अत्यन्तै स्वादिलो र स्वस्थबर्द्धक ग्रीन टी नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा बढिरहेको इलामको साँखेजुङस्थित कञ्चनजंघा अर्थोडक्स टी उद्योग प्रालिका सञ्चालक हरि सिटौलाले जनाएका छन्।

‘ग्रीन टी धेरै फाइदाजनक हुने भएकाले नै माग निरन्तर बढेको हो,’ उनले शुभदिनसँग भने, ‘नेपालमा हजारौं उपभोक्ता ग्रीन टीको उपयोग गर्न थालेका छन्।’ नेपाली टी क्षेत्रमा अनुसन्धानात्मक काम गर्दै आएका सिटौलाले ग्रीन टीको व्यापार भविष्यमा असाध्यै राम्रो रहेको बताए।

कञ्चनजंघा अर्थोडक्स टी उद्योग प्रालिले अहिले अर्गानिक अर्थोडक्स चिया उत्पादन गरिरहेको छ। ग्रीन टीसँगै ब्ल्याक टी, गोल्डेन टी र ह्वाइट टी पनि उत्पादन भइरहेको सञ्चालक सिटौलाले जानकारी दिएका छन्। ‘उपभोक्ताबाट जस्तो माग आउँछ, त्यस्तै चिया दिन्छौं,’ उनले भने, ‘तर, सबै उत्पादन अर्ग्यानिक र शुद्ध हुन्छन्।’

ग्रीन टीमा फाइदै-फाइदा

भिटामिन सी र इ तथा बी टु पाइने ग्रीन टीमा फोलिक एसिड, बिटा व्यारोटिन, क्याल्सियम, फस्फोरस, म्याग्नेसियम, जिङ्क कपर, एन्टी अक्सिडेन्ट आदि तत्व पाइन्छ। जसका माध्यमबाट शारीरिक स्फूर्ति र स्मरण शक्ति बढ्छ। 

त्यसैगरी, उच्च रक्तचाप, महुमेह, मुटुरोग तथा दाँत र हड्डीको समस्या समाधान हुने ग्रीन टी उत्पादक मिलनकुमारी खत्रीले जानकारी दिएकी छिन्। ‘शुद्धता र गुणस्तर नै हाम्रो सर्त हो,’ उनले भनिन्, ‘हामी उपभोक्तालाई धेरै सहुलियतमा ग्रीन टी उपलब्ध गराइरहेका छौँ, विभिन्न देशबाट माग अाइरहेकाे छ।’

उनका अनुसार कञ्चनजंघा अर्थोडक्स टी उद्योगले वार्षिक १० टनभन्दा धेरै अर्गानिक ग्रीन टी उत्पादन गरिरहेको छ।


 

More form the Internet

loading...