Suvadin, Home

विधेयक परिमार्जन गर्न आदिवासी जनजातिको दबाब

आदिबासी जनजाति महासंघले संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गर्न आग्रह गरेको छ। महासंघको टोलीले आईतबार सभामुख ओनसरी घर्तीलाई ज्ञापनपत्र बुझाउँदै संशोधन प्रस्तावले आदिवासी जनजातिका अधिकार, सवाल, चाहना र मागलाई सम्बोधन नगरेको जनाएको छ।

काठमाडाैं, पुस २४


आदिबासी जनजाति महासंघले संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गर्न आग्रह गरेको छ।

महासंघको टोलीले आईतबार सभामुख ओनसरी घर्तीलाई ज्ञापनपत्र बुझाउँदै संशोधन प्रस्तावले आदिवासी जनजातिका अधिकार, सवाल, चाहना र मागलाई सम्बोधन नगरेको जनाएको छ।

महासंघका अध्यक्ष जगतबहादुर बरामले प्रस्तावले जनजाती समुदायलाई सम्बोधन गर्न नसकेकाले सभामुखको ध्यानाकर्षण गराउनु परेको जानकारी दिए। उनले जनजातिका मागलाई सम्बोधन नगरेसम्म संविधानको स्विकार्यताको दायरा बढाउन नसकिने जिकीर समेत गरे।

‘विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन गराउन पनि सभामुखले पहल गर्नुपर्ने पर्छ,’ उनले भने।

महासंघले सभामुख घर्तीलाई बुझाएको ज्ञापनपत्रमा मुलुकको ३८ प्रतिशत जनसंख्या रहेका आदिवासी जनजातिका माग संविधानमा सम्बोधन नभए कडा आन्दोलनमा जान बाध्य हुने उल्लेख गरिएको छ।


 

More form the Internet

loading...