Suvadin, Home
सुनसरीको दुहवी-भलुवा नगरपालिकास्थित मनास्लु बोर्डिङका प्रिन्सिपल शंकर थापालाई घरेलु महिला कामदारको हत्याको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। थापाकै घरमा काम गर्ने ३५ वर्षीया पवित्रा विष्टको हत्या अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो। 

ध्रुव ढकाल, सुनसरी, पुस २१


सुनसरीको दुहवी-भलुवा नगरपालिकास्थित मनास्लु बोर्डिङका प्रिन्सिपल शंकर थापालाई घरेलु महिला कामदारको हत्याको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। थापाकै घरमा काम गर्ने ३५ वर्षीया पवित्रा विष्टको हत्या अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो। 

थापा स्कुलका संस्थापक पनि हुन्। स्कुल हाताभित्रै रहेको प्रिन्सिपलको घरमा काम गर्ने ती महिला गत पुस १४ गते बिहान मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको प्रकृति र आरोपीको बयानका आधारमा घर मालिक तथा मनास्लु बोर्डिङका प्रिन्सिपल शंकर थापालाई पक्राउ गरिएको सुनसरीका एसपी पोषराज पोखरेलले जानकारी दिए।

पोखरेलले घटनाको प्राविधिक जाँच र आरोपीको बयान शंकास्पद भएपछि प्रहरीले थापालाई हिरासतमा राखी अनुसन्धान गरेको र हत्यामा थापाको संलग्नता देखिएको बताएका छन्। विष्ट दुई वर्षदेखि बोर्डिङ स्कुल सञ्चालक तथा प्रिन्सिपल थापाको घरमा आवासीय रुपमा काम गर्दै आएकी थिइन्।

महिलालाई धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीले जानकारी दिएको छ। उनको हत्या के कारणले भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटना भएको दिन बिहान ६ बजे थापाले नै हत्याका बारेमा प्रहरीलाई जानकारी गराएका थिए।

प्रिन्सिपल थापाले आफूले मर्निङ वाकबाट फर्किंदा मृत अवस्थामा देखेको प्रहरीलाई बताएका थिए। बिष्ट तीन तले घरको तल्लो तलाको प्यासेजमा मृत अवस्थामा भेटिएकी थिइन्।


 

More form the Internet

loading...