Suvadin, Home

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा बल्ल चार जना विशेषज्ञ डाक्टर

१९ जना विशेषज्ञको दरबन्दी कोटा रहेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा बल्ल चार जना विशेषज्ञ डाक्टरको पदपूर्ति भएको छ। सुदूरपश्चिमका सात पहाडि जिल्लाका नागरिकलाई सेवा दिने उद्देश्यले वि.सं. २०७० मा स्थापना भएको अस्पतालले पहिलो पटक चार जना विशेषज्ञ पाएको हो। 
डडेल्धुरा उपक्षेत्रीय अस्पताल।

डडेल्धुरा, फागुन २५ - १९ जना विशेषज्ञको दरबन्दी कोटा रहेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा बल्ल चार जना विशेषज्ञ डाक्टरको पदपूर्ति भएको छ। सुदूरपश्चिमका सात पहाडि जिल्लाका नागरिकलाई सेवा दिने उद्देश्यले वि.सं. २०७० मा स्थापना भएको अस्पतालले पहिलो पटक चार जना विशेषज्ञ पाएको हो। 

अस्पतालमा अहिले हडजोर्नी रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ र स्त्री रोग विशेषज्ञ गरी चार जना डाक्टरले अहिले सेवा प्रदान गरिरहेका छन्। हडजोर्नी रोग विशेषज्ञ डा.शिवराज पनेरु, बालरोग विशेषज्ञ डा. अमरनाथ ठाकुर र दन्तरोग विशेषज्ञ डा. पदम नेपालीले विशेषज्ञ सेवा प्रदान गरिरहेको उपक्षेत्रिय अस्पताल डडेल्धुराका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण सिंहले जानकारी दिएका छन्।

बिहीबारदेखि स्त्री रोग विशेषज्ञ डा. नमराज जैशी (जोशी)का साथ स्त्री रोग विशेषज्ञ सेवा समेत सुरु हुने उनले जानकारी दिए। चारै जनाले नेपाल सरकारको स्थायी दरबन्दीमा सेवा दिइरहेको उनले बताएका छन्। यस्तै २० जना मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा हाल दस जना मेडिकल अधिकृतहरुले सेवा दिइरहेको अध्यक्ष सिंहले जानकारी दिए।

यसैबीच, अस्पताले चाँडै एनआइसियु सेवा समेत सुरु गर्ने भएको छ। हाल एनआइसियु सेवाका मेसिनहरु जडान गर्ने काम भइरहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ। सो सेवा सुरु भएपछि कमतौल भएका बच्चा जन्मिँदा वा निश्चित अवधिभन्दा पहिले नै जन्मँदा जोखिममा रहने बच्चालाई जोगाउन सकिने छ। 


 

More form the Internet

loading...