Suvadin, Home

छैटौं फर्मा एक्स्पो काठमाडाैंमा सुरू

 गुणस्तरीयताबाट आत्मनिर्भरतातर्फ भन्ने नाराका साथ फर्मा एक्सपो–२०१७ सुरु भएको छ। काठमाडौंको प्रदर्शनी मार्गमा शुक्रबारबाट सुरु भएको छैटौं फर्मा एक्स्पोमा स्वदेशी तथा विदेशी औषधि र औषधि उत्पादन गर्ने प्रविधि तथा उपकरणको प्रदर्शनी गरिएको छ।
फर्मा एक्सपो–२०१७ अवलाेकन गर्दै विद्यार्थी ।

काठमाडौं, फागुन २० - गुणस्तरीयताबाट आत्मनिर्भरतातर्फ भन्ने नाराका साथ फर्मा एक्सपो–२०१७ सुरु भएको छ। काठमाडौंको प्रदर्शनी मार्गमा शुक्रबारबाट सुरु भएको छैटौं फर्मा एक्स्पोमा स्वदेशी तथा विदेशी औषधि र औषधि उत्पादन गर्ने प्रविधि तथा उपकरणको प्रदर्शनी गरिएको छ।

एक सय सात वटा स्टल रहेको प्रदर्शनीमा नेपाल, जर्मनी, भारत, चीनलगायत देशमा बनेका औषधिसँगै औषधि उत्पादन गर्ने प्राविधिक सामग्रीहरु राखिएको छ। प्रदर्शनी चिकित्सक र औषधि वितरकसँगै सर्वसाधारणका लागि समेत फलदायी हुने नेपाल औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष दीपकप्रसाद धितालले बताएका छन्।

चिकित्सा शिक्षा अध्ययन गर्दै गरेका विद्यार्थीका लागि पनि औषधिबारे बुझ्न प्रदर्शनी सार्थक हुने आयोजकले जनाएको छ।

नेपाल औषधि उत्पादक संघले औषधि व्यवस्था विभाग, नेपाल उद्योग वाण्ज्यि महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल औषधि व्यवसायी संघ, नेपाल फर्मास्यूटिकल एशोसिएसन र नेपाल केमिकल एण्ड मेडिकल सप्लार्यस एशोसिएसन लगायतको सहयोगमा प्रदर्शनी गरेको हो।

प्रदर्शनीको पहिलो दिन शुक्रबार दाँतसम्बन्धी रोगको निःशुल्क उपचार गरिएको छ। शनिबार रक्तदानको कार्यक्रम राखिएको आयोजकले जनाएको छ। आइतबारसम्म चल्ने प्रदर्शनीलाई ३० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ।


 

More form the Internet

loading...