Suvadin, Home

पच्चीस गरिब बालबालिकालाई निजी खर्चमा पढाउने घोषणा

नुवाकोट जिल्लाको सहरी विकास तथा भवन निर्माण कार्यालय मदानपुरमा सिभिल इन्जिनियर पदमा कार्यरत निशान्तले बुधबार सरस्वती पूजाको अवसरमा शिक्षाबाट वञ्चित आफ्ना समुदायका २५ बालबालिकालाई गौशाला जिरोमाइलमा अवस्थित रामजानकी बोर्डिङ स्कुलमा आफ्नै खर्चमा पढाउने घोषणा गरेका हुन्। 

काठमाण्डाैं, माघ १९


महोत्तरी जिल्लाका गौशाला–६ निवासी इन्जिनियर २२ वर्षीय निशान्तकुमार साहले आफ्नो समुदायका २५ गरिब बालबालिकालाई निजी खर्चमा पढाउने घोषणा गरेका छन्। 

नुवाकोट जिल्लाको सहरी विकास तथा भवन निर्माण कार्यालय मदानपुरमा सिभिल इन्जिनियर पदमा कार्यरत निशान्तले बुधबार सरस्वती पूजाको अवसरमा शिक्षाबाट वञ्चित आफ्ना समुदायका २५ बालबालिकालाई गौशाला जिरोमाइलमा अवस्थित रामजानकी बोर्डिङ स्कुलमा आफ्नै खर्चमा पढाउने घोषणा गरेका हुन्। 

उनले ती बालबालिकालाई नर्सरीदेखि कक्षा ८ सम्म पढाउने उल्लेख गर्दै स्कुलका सञ्चालकलाई ती बालबालिकाको भर्ना शुल्क बुझाएका छन्।

इन्जिनियर साहले आउँदा दिनमा आफैंले विद्यालय खोल्ने तथा अभिभावकले पढाउन नसकेका गरिब विद्यार्थीलाई निःशुल्क पढाएर समाजसेवा गर्ने लक्ष्य रहेको बताए। रासस 


 

More form the Internet

loading...