Suvadin, Home

स्वास्थ्यमन्त्री गगन थापा बिहान ८ देखि राति ९ बजेसम्म मन्त्रालयमै

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार ४ नबज्दै सुनसान हुन्छ। ‘विशेष दिन’बाहेक बिहान ११ बजेसम्म अत्तोपत्तो हुन्न। तर, स्वास्थ्य मन्त्रालय त्यस्तो छैन। युवा नेता गगन थापा मन्त्री भइकन स्वास्थ्य मन्त्रालय जतिबेला पनि खुल्छ। ‘कहिलेकाहीँ त हामी राति १०/११ बजेसम्म मन्त्रालयमै हुन्छौं,’ थापाका सहयोगी सबिन मुडवरीले भने, ‘बिहान ८ बजे मन्त्रालय खुलिसक्छ।’  
स्वास्थ्यमन्त्री थापा।

काठमाडाैं, माघ ४


सोमबार ५ बजे सिंहदरबारभन्दा दुई सय मिटर पश्चिम रहेको स्वास्थ्य मन्त्रालयमा कामकाज लिएर आएका मान्छे परिसरमा बाक्लै थिए। अहेब र हेल्थ असिस्टेनहरू आफ्ना माग लिएर मन्त्रालय आएका रहेछन्। 

केही कर्मचारीहरू सरुवा र बढुवाका लागि मन्त्रालय धाएका रहेछन्। दुई जना गाउँबाट उपचारको लागि आर्थिक सहयोग पाऊँ भन्दै निवेदन बोकेर आएका थिए। 

मन्त्रालयभित्र स्वास्थ्य मन्त्रीका निजी सचिवालयका कर्मचारी मात्रै होइन, स्वास्थ्य सचिव डा.शैनेन्द्रराज उप्रेती पनि कार्यकक्षमै थिए।

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार ४ नबज्दै सुनसान हुन्छ। ‘विशेष दिन’बाहेक बिहान ११ बजेसम्म अत्तोपत्तो हुन्न।

तर, स्वास्थ्य मन्त्रालय त्यस्तो छैन। युवा नेता गगन थापा मन्त्री भइकन स्वास्थ्य मन्त्रालय जतिबेला पनि खुल्छ। 

‘कहिलेकाहीँ त हामी राति १०/११ बजेसम्म मन्त्रालयमै हुन्छौं,’ थापाका सहयोगी सबिन मुडवरीले भने, ‘बिहान ८ बजे मन्त्रालय खुलिसक्छ।’  

मंगलबार बिहान साढे आठ बजे स्वास्थ्य मन्त्रालयमा पुग्दा मन्त्री थापा कायकक्षमै भेटिए। 

तीन–चार जना डाक्टरसँग भेटघाट गरिरहेका थिए उनी। मन्त्रीका साथमा रहने निजी सुरक्षाकर्मी भूपाल खड्काले मन्त्री थापा बिहान ८ बजे आएको जानकारी दिए। ‘सधैं ८ बजे आउनुहुन्छ, काठमाडौंबाहिर नगएको बेला,’ उनले भने, ‘साँझ चाहिँ ९ बजे मात्रै घर फर्किनुहुन्छ।’  

काम लिएर आउने जनताहरूले आजकल बिहानदेखि साँझसम्मै स्वास्थ्य मन्त्रालयमा भीड बाक्लो हुन्छ। माग, डेलिगेशन तथा समस्या लिएर विभिन्न ठाउँबाट आएका सेवाग्राही आ–आफ्नो काममा केन्द्रित भइरहेका हुन्छन्। 

मन्त्री थापासँगै यहाँ उच्च तहका कर्मचारीहरू पनि बिहान सबेरै आउँछन्। उनीहरू साँझ ६ बजेसम्म मन्त्रालयमा बस्न थालेका छन्। मन्त्री थापा १३ घन्टा जति मन्त्रालयमा खटिन थालेपछि मन्त्रालयका उपल्लो तहका कर्मचारीले पनि बढी समय दिने गरेको सहयोगी मुडवरी बताउँछन्। 

दसैंपछि मन्त्री थापा मन्त्रालयमा यसरी खटिन थालेको स्वास्थ्य मन्त्रालयस्थित सचिवालयका अमृतजंग कार्कीले बताए। ‘मन्त्रालयमा मन्त्री बसे कर्मचारी र सेवाग्राहीको चाप पनि त्यसै बढ्दो रहेछ,’ उनले भने। 

मन्त्रालयमा यो खटाइबारे मन्त्री थापा आफूले सुधारका लागि यो सबै भइरहेको बताएका छन्। उनका अनुसार स्वास्थ्य मन्त्रालय ठूलो छ, सँगसँगै यो अस्तव्यस्त छ र बेथिति धेरै छन्। विगतमा भएका गलत नीतिगत निर्णय सच्याउनका लागि पनि धेरै समय दिइरहेको उनी बताउँछन्। ‘यहाँ असाध्यै धेरै मान्छे पनि आउँछन्, हाम्रो मन्त्रालय खुला ठाउँमा छ,’ थापाले शुभदिनसँग भने, ‘त्यसकारण पनि समय बढी दिनुपर्छ भन्ने लाग्यो।’

पुस, माघको यो जाडोमा पनि साँझ अबेरसम्म पनि मानिसहरू बाक्लै हुने गरेको गेटमा खटिएका सुरक्षाकर्मी राम थापा बताउँछन्। मन्त्री थापाका प्रमुख सल्लाहकार प्रताप पौड्याल भन्छन्, ‘उहाँप्रति जनताको ठूलो आशा र अपेक्षा छ। उहाँको ठूलो नेटवर्क भएकाले भेटघाट बाक्लो हुने भए पनि कामलाई नै उच्च प्राथमिकता दिने गर्नु भएको छ।’

सिंहदरबारबाहिर रहेको स्वास्थ्य मन्त्रालयमा प्रवेश सहज भएकाले पनि सर्वसाधारणको चाप बढेको हो। सेवाग्राहीको चाप नपरोस् भनेर आइतबार बुधबार मन्त्री थापाले कसैलाई पनि भेट्दैनन्। ती दिन मन्त्रालयका महत्वपूर्ण काम गरेर बस्छन्। 

अरु बेला पनि भेट्न आउनेको चाप बढेपछि कार्यकक्ष पनि गोप्य बनाएका छन् थापाले। सार्वजनिक बिदाको दिन पनि मन्त्रालय आउँछन् उनी। 

स्वास्थ्य मन्त्रालयमा देश भर डाक्टर कति कार्यरत् छन्। कति औषधि पुग्यो, कहाँ डाक्टर छैनन्, गुणस्तरीय सेवा, गाउँकेन्द्रित स्वाथ्यसेवालगायत विवरण पनि ठीक ढंगले राख्ने सिस्टम बसाल्न उनी यसरी अहोरात्र खटिएका हुन्।   

मन्त्री भएपछि उनले निजी स्वास्थ्य संस्थाहरूमा कुल बिरामी संख्याको १० प्रतिशत  छुट्याएर गरिब र विपन्नका लागि निःशुल्क उपचार गर्नुपर्ने नीतिगत व्यवस्था कार्यान्वयन गराउन लागेका छन्। स्वास्थ्य मन्त्रालयबाट विशिष्ट व्यक्तिलाई दिइने उपचार खर्चको कार्यविधि निर्माण गरेका छन्। यस्तै, स्वास्थ्य बिमासम्बन्धी ऐन र स्वास्थ्य ऐन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको मन्त्रालय स्रोतले जानकारी दिएको छ। 

स्वास्थ्यकर्मीको सुरक्षाका विषय गम्भीर रुपमा उठिरहेका कारण त्यसका लागि नीति बनाउन पनि मन्त्रीले अग्रसरता देखाएका छन्। मिर्गाैला रोगको डायलालिस निःशुल्क गर्ने, दर्ता र अनुमति पनि नलिने स्वास्थ्य संस्थाहरूलाई कानुनी दायरामा ल्याएर सञ्चालन गराउन मन्त्री थापा कस्सिएका छन्। 

आर्मी र प्रहरीसँग स्वास्थ्य सम्बन्धी पूर्वाधार र जनशक्ति रहेको हुँदा ती सेवा सुविधा आम जनतालाई सहज रुपमा कसरी प्रयोग गर्न सक्ने बनाउनका लागि पनि मन्त्रीले काम गरिरहेको प्रमुख सल्लाहकार पौडेलले बताए। उनका अनुसार नीतिगत र संरचनागत सुधारका काममा मन्त्री थापा यसरी खटिरहेका हुन्। 

भएका मापदण्ड कार्यान्वयन गरान र मापदण्ड नभएको अवस्थामा नयाँ मापदण्ड बनाएर स्वास्थ्य क्षेत्रमा विकृति अन्त्य गर्नका लागि मुख्य ध्यान दिइरहेको उनले बताए। 

मन्त्रालयमा यो खटाइबारे मन्त्री थापा आफूले सुधारका लागि यो सबै भइरहेको बताएका छन्। 

उनका अनुसार स्वास्थ्य मन्त्रालय ठूलो छ, सँगसँगै यो अस्तव्यस्त छ र बेथिति धेरै छन्। विगतमा भएका गलत नीतिगत निर्णय सच्याउनका लागि पनि धेरै समय दिइरहेको उनी बताउँछन्। 

‘यहाँ असाध्यै धेरै मान्छे पनि आउँछन्, हाम्रो मन्त्रालय खुला ठाउँमा छ,’ थापाले शुभदिनसँग भने, ‘त्यसकारण पनि समय बढी दिनुपर्छ भन्ने लाग्यो।’

उनले आइतबार र बुधबार आन्तरिक काम गर्नका लागि ‘नो भिजिटर डे’ तोकेका छन्। ‘दुई दिन मन्त्रालयको आन्तरिक नीतिगत कुरामा ध्यान दिएर काम गर्छु,’ थापाले भने। 

प्रायः नीतिगत निर्णय तथा त्यस्ता निर्णयहरू गर्नुपूर्व हुने सरसल्लाह साँझ ६ बजेपछि हुने गरेको छ। ‘साँझ ६ बजे मिटिङ थाल्यो, ९÷१० बजिहाल्छ,’ थापाले भने।

यसरी मन्त्रालयमा धेरै समय दिँदा कार्यकर्ता, शुभचिन्तक रिसाएका पनि छन्। ‘परिवारलाई समय दिइराखेकै छु, हामी चार पाँच चोटी बाहिर गयौं घुम्न,’ उनले भने, ‘साथीभाइ र कार्यकर्ता चाहिँ समय नदिएको भनेर रिसाएका छन्, गुनासो गरेका छन्।’ 


 

More form the Internet

loading...