Suvadin, Home

साढे तीन सय विद्यालयको खाता रोक्का

जिल्ला शिक्षा कार्यालय खोटाङले तीन सय ५०  विद्यालयको खाता रोक्का गरेको छ। व्यवस्थापन समिति गठन नगर्ने, सामाजिक लेखा परीक्षण नगराउने र बेरुजु फर्स्याैट नगर्ने विद्यालयको खाता रोक्का गरेको हो।
जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल।

खोटाङ, माघ २४- जिल्ला शिक्षा कार्यालय खोटाङले तीन सय ५०  विद्यालयको खाता रोक्का गरेको छ। व्यवस्थापन समिति गठन नगर्ने, सामाजिक लेखा परीक्षण नगराउने र बेरुजु फर्स्याैट नगर्ने विद्यालयको खाता रोक्का गरेको हो।

तोकिएको मापदण्ड पूरा गर्नासाथ रोक्का खाता फुकुवा गरिने जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए। ‘जिल्लाका विद्यालय मनपरी तरिकाले संचालन गरिएको छ,’ उनले भने, ‘कम्तीमा नियमअनुसार संचालन होस् भनेर विद्यालयको खाता रोक्का गरिएको हो।’

विद्यालयको खाता रोक्कापछि ती विद्यालयमा कार्यरत शिक्षकले तीन महिनादेखिको तलब खान पाएका छैनन् । जिल्लामा प्रावि, निमावि र मावि गरी चार सय ९० वटा विद्यालय छन्। रासस


 

More form the Internet

loading...