Suvadin, Home

नेपाली सेनाद्वारा घुम्ती स्वास्थ्य शिविर सञ्चालन

कैलालीको मुनुवा गाविसमा आइतबार आयोजित नेपाली सेनाको एकीकृत घुम्ती स्वास्थ्य शिविरमा झन्डै दुई हजार २०० भन्दा बढी सर्वसाधारणले स्वास्थ्य जाँच तथा उपचार पाएका छन्। प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शिविरमा २० जनालाई नागरिकताको प्रमाणपत्र वितरण, ५० जनालाई अपाङ्गताको परिचयपत्र वितरणसमेत गरिएको बताएका छन्। 

धनगढी, माघ २३


कैलालीको मुनुवा गाविसमा आइतबार आयोजित नेपाली सेनाको एकीकृत घुम्ती स्वास्थ्य शिविरमा झन्डै दुई हजार २०० भन्दा बढी सर्वसाधारणले स्वास्थ्य जाँच तथा उपचार पाएका छन्। 

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शिविरमा २० जनालाई नागरिकताको प्रमाणपत्र वितरण, ५० जनालाई अपाङ्गताको परिचयपत्र वितरणसमेत गरिएको बताएका छन्। 

शिविरमा नेपाली सेनाको ५० शय्याको मोबाइल अस्पतालमा संलग्न रहेका १०५ जनाको स्वास्थ्य टोलीमार्फत सर्वसाधारणको स्वास्थ्य जाँच तथा उपचार गरिएको थियो। विसं २०७२ मा आएको भूकम्पपछि चीन सरकारले नेपाली सेनालाई ५० श्यया भएको मोबाइल अस्पतालको सहयोग गरेको जनाइएको छ।

१६ प्रकारका विशेषज्ञ सेवा उपलब्ध गराइने मोबाइल अस्पतालमा आइसियू, जेनेरेटर, ल्याबलगायतका सेवा उपलब्ध रहेको छ । शिविरमा जिल्ला प्रशासन कार्यालय, कैलालीको पहलमा सङ्कलन गरिएको झन्डै पाँच लाख रूपैयाँ बराबरको औषधिसमेत वितरण गरिएको थियो। रासस


 

More form the Internet

loading...