Suvadin, Home

जिमले स्वास्थ्यमा फाइदै फाइदा 

शरीरलाई सन्तुलनमा राख्न र आत्मविश्वास भर्न मात्रै होइन, शरीरलाई चुस्त, छरितो पार्न जीमले सहयोग पुग्छ। यसले शरीरको आलस्यता  र कमजोरी हटाउँछ। अनिन्द्राको समस्या हुनेहरुले जिम गरेमा रातमा राम्रोसँग निदाउन सक्छन्। जिमले शरीरको तौल घटाउन मात्रै होइन बढाउन पनि मद्दत गर्दछ। शरीर बढाउन वा घटाउन दुबैका लागि जीमले सहयोग गर्ने हुँदा आजकल मोडलहरु समेत जिम हलमा धाइरहेको देख्न पाइन्छ। 

शरीरको आकार आकर्षक पार्न मात्रै नभई शरीरलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य राख्न समेत जिमले फाइदा पुर्याउँछ। त्यसकारण जिमको महत्व  आजकल दिनप्रतिदिन बढिरहेको छ। तर, पनि शिक्षित व्यक्तिहरूले मात्रै जिमको महत्व बुझी यसको नियमित अभ्यास गरिरहेका छन्। 

शारीरिक परिश्रम नगर्ने हुँदा शरीरको तौल सन्तुलन राख्न ठूलो समस्यामा परिरहेका सहरियाहरुमाझ आजकल जिम आकर्षण बनिरहको छ। जिमले शारीरिक अभ्यासको माध्यमबाट शरीरलाई बलियो र स्फूर्त राख्छ। शरीरको ढाड मर्केने वा दुख्ने समस्याबाट पीडितहरू पनि ढाडको मात्रै जिम गरेमा दुखार्इ निको हुन्छ।

शरीरलाई सन्तुलनमा राख्न र आत्मविश्वास भर्न मात्रै होइन, शरीरलाई चुस्त, छरितो पार्न जीमले सहयोग पुग्छ। यसले शरीरको आलस्यता  र कमजोरी हटाउँछ। अनिन्द्राको समस्या हुनेहरुले जिम गरेमा रातमा राम्रोसँग निदाउन सक्छन्। जिमले शरीरको तौल घटाउन मात्रै होइन बढाउन पनि मद्दत गर्दछ। शरीर बढाउन वा घटाउन दुबैका लागि जीमले सहयोग गर्ने हुँदा आजकल मोडलहरु समेत जिम हलमा धाइरहेको देख्न पाइन्छ। 

दैनिक ४५ मिनेटदेखि २ घण्टासम्म जिम गर्नु राम्रो मानिन्छ। जिम गर्दा पर्याप्त प्रोटिनयुक्त आहारको आवश्यक पर्छ। बिहानजिम गरेमा शरीरको तौल घट्छ भने साँझमा जिम गरेमा तौल बढ्छ। नियमित जिम गर्दा शरीरको वृद्धि र विकासमा फाइदा पुग्छ। 

जिमका फाइदाहरु 

  • तनाव घटाउँछ।
  • आत्मविश्वास बढाउँछ।
  • शरीरलाई जवान र चम्किलो राख्छ।
  • कमजोरी घटाउँ।
  • मोटोपन घटाउँछ। 
  • मानसिक विकासमा सहयोग पुर्याउँछ।
  • जोश र जाँगरमा बृद्धि हुन्छ।
  • डिप्रेसन नियन्त्रण गर्दछ। 
  • मधुमेह तथा क्यान्सरको जोखिम कम गर्दछ। 
  • मुटु स्वस्थ्य राख्छ। 
  • मनलाई स्थिर र शान्त पार्छ।

        (livestrong बाट अनुवाद)


 

More form the Internet

loading...