Suvadin, Home

पहिलाे दिन अनिवार्य अंग्रेजीको परीक्षा
माध्यामिक शिक्षा परीक्षा चैत्र ३ गतेदेखि

पहिलो दिन चैत्र ३ गते बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। त्यसैगरी, चैत्र ४ गते अनिवार्य नेपाली, चैत्र ६ गते अनिवार्य गणित, चैत्र ७ गते अनिवार्य विज्ञान, चैत्र ८ गते स्वास्थ्य, जनसंख्या, तथा वातावरण शिक्षा, चैत्र ९ गते संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, चैत्र १० गते ऐच्छिक गणितको परीक्षा सञ्चालन हुनेछ। विभिन्न प्राविधिक विषय गरी चैत्र १४ गतेसम्म परिक्षा सञ्चालन हुने परीक्षा निणन्त्रण कार्यालयले जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको कार्यतालिका सार्वजनिक गर्दै परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी ।

काठमाडाैं, फागुन ३० - यस वर्षको माध्यामिक शिक्षा परीक्षा चैत्र ३ गते बिहीबारदेखि सुरु हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी माध्यामिक शिक्षा परीक्षाको कार्यतालिका सार्वजनिक गरेको हो।

कक्षा १२ को परीक्षाको नाम एसएलसी हुने गरी शिक्षा ऐनमा संशोधन भएपछि यस वर्षदेखि कक्षा १० सम्मलाई माध्यामिक शिक्षा परिक्षा लिन सुरु गरिएको हो। परीक्षा बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ।

पहिलो दिन चैत्र ३ गते बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। त्यसैगरी, चैत्र ४ गते अनिवार्य नेपाली, चैत्र ६ गते अनिवार्य गणित, चैत्र ७ गते अनिवार्य विज्ञान, चैत्र ८ गते स्वास्थ्य, जनसंख्या, तथा वातावरण शिक्षा, चैत्र ९ गते संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, चैत्र १० गते ऐच्छिक गणितको परीक्षा सञ्चालन हुनेछ।

विभिन्न प्राविधिक विषय गरी चैत्र १४ गतेसम्म परिक्षा सञ्चालन हुने परीक्षा निणन्त्रण कार्यालयले जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको कार्यतालिका सार्वजनिक गर्दै परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

उनले परिक्षाका लागि आवश्यक प्रश्न पत्र, उत्तरपुस्तिका, लगायत परिक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण सामग्री सम्बन्धित जिल्लामा पुर्याई सकिएको पनि बताएका छन्। यस वर्षको परीक्षामा पाँच लाख ३८ हजार १ सय ८२ जना परिक्षार्थी परीक्षामा सहभागी हुनेछन्।

परीक्षाका लागि एक हजार ९ सय २३ केन्द्रको व्यवस्था गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। परीक्षा नियन्त्रण रेग्मीले परिक्षाका लागि १ हजार ९ सय २३ जना केन्द्राध्यक्ष, २ हजार ६ सय ४६ सहायक केन्द्राध्याक्ष, २२ हजार ४ सय ६१ निरीक्षक, ११ हजार ७ सय १६ सहयोगी र २८ हजार ८ सय ४५ जना सुरक्षाकर्मी गरी ६७ हजार ५ सय ९१ जना जनशक्ति परीक्षा हुने जानकारी दिए।

परीक्षा नियन्त्रण कार्यालयले परीक्षामा मर्यादा विपरित काम गर्ने वा गर्न उक्साउने जो-कोहीलाई कडा कार्वाही गर्ने, यस्तो कार्य गर्ने परिक्षा केन्द्र वा परिक्षार्थीको परीक्षा रद्द गर्न सकिने पनि स्पष्ट पारेको छ। परीक्षालाई मर्यादित बनाउन सबैलाई सहयोग गर्न पनि अनुरोध गरिएको छ। 

परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको तयारीको सन्दर्भमा आवश्यक जानकारी लिन सकिने व्यवस्था पनि गरेको छ।


 

More form the Internet

loading...