Suvadin, Home

रेबिज भ्याक्सिन नहुँदा बिरामी मर्कामा

जिल्ला स्वास्थ्य कार्यालय जाजरकाेटमा एक हप्तादेखि रेबिजविरुद्ध लगाउने एन्टिरेबिज भ्याक्सिन नहुँदा समस्या भएको छ। दैनिक एन्टिरेबिज भ्याक्सिन लगाउने बिरामी आए पनि रित्तो हात फर्किने गरेको कार्यालयले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालयबाहेक अन्य ठाउँमा भ्याक्सिन नपाइने भएपछि बिरामी हैरान हुँदै नेपालगन्ज र रुकुमको चौरजहारी मिसन अस्तालमा जँचाउन बाध्य भएको त्रिवेणीनलगाड नगरपालिका–८ का रुद्र खत्रीले बताएका छन्। 
जाजरकाेट जिल्लाकाे एक गाउँ।

जाजरकोट, चैत ८ – जिल्ला स्वास्थ्य कार्यालयमा एक हप्तादेखि रेबिजविरुद्ध लगाउने एन्टिरेबिज भ्याक्सिन नहुँदा समस्या भएको छ। दैनिक एन्टिरेबिज भ्याक्सिन लगाउने बिरामी आए पनि रित्तो हात फर्किने गरेको कार्यालयले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालयबाहेक अन्य ठाउँमा भ्याक्सिन नपाइने भएपछि बिरामी हैरान हुँदै नेपालगन्ज र रुकुमको चौरजहारी मिसन अस्तालमा जँचाउन बाध्य भएको त्रिवेणीनलगाड नगरपालिका–८ का रुद्र खत्रीले बताएका छन्। 

कुकुर र स्यालले टोक्दा रेबिज नलागोस् भनी लगाइने एन्टिरेबिज भ्याक्सिन जिल्ला स्वास्थ्य कार्यालयमा नहुँदा ग्रामीण क्षेत्रमा समेत पठाउन सकिएको छैन। भ्याक्सिन क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा समेत नभएको कार्यालयले बताएको छ। रासस


 

More form the Internet

loading...