Suvadin, Home

महिनौंपछि पुग्यो महोत्तरीमा औषधि

अभाव चर्किएका बेला महोत्तरीमा १८ लाख भन्दा बढीको औषधि आएको छ। यसले केही समयका लागि बिरामीले राहत पाउनेछन्। जिल्ला स्वास्थ्य प्रमुख डा. मनिष पाण्डेका अनुसार जिल्ला अस्पताललगायत प्राय सबै स्वास्थ्य संस्थाहरुका लागि औषधि आपूर्ति गरिएको हो।

गौशाला, माघ २४ - अभाव चर्किएका बेला महोत्तरीमा १८ लाख भन्दा बढीको औषधि आएको छ। यसले केही समयका लागि बिरामीले राहत पाउनेछन्।

जिल्ला स्वास्थ्य प्रमुख डा. मनिष पाण्डेका अनुसार जिल्ला अस्पताललगायत प्राय सबै स्वास्थ्य संस्थाहरुका लागि औषधि आपूर्ति गरिएको हो। ती औषधिले अब जिल्लाका सबै स्वास्थ्य संस्थालाई आउँदो तीन महिनासम्म पुग्ने र थपका लागि आफूहरू प्रयासरत रहेको डा. पाण्डेले बताए। जिल्लाका स्वास्थ्य संस्थामा पाँच महिनादेखि औषधि अभाव थियो। रासस


 

More form the Internet

loading...