Suvadin, Home

दाङमा जिल्लामा परिवार नियोजन प्रवर्द्धन

नेपालको स्मार्ट जीवन (स्मार्ट लाइफ) परिवार नियोजन अभियानले तुलसीपुर चेम्बर अफकमर्श एण्ड इण्डष्ट्रिसँगको सहकार्यमा शुक्रबार  दाङ जिल्लामा स्वस्थ्य परिवारको प्रवर्द्धन विषयमा एक कार्यक्रम सम्पन्न गरेकाे छ। कृषि तथा पर्यटन प्रवर्द्धन तथा सांगितिक महोत्सवमा उक्त विषयकाे कार्यक्रम सम्पन्नमा भएकाे हाे। 
कार्यक्रममा जनचेतना दिँदै कलाकार अर्जुन घिमिरे।

काठमाडाैं, माघ २२


नेपालको स्मार्ट जीवन (स्मार्ट लाइफ) परिवार नियोजन अभियानले तुलसीपुर चेम्बर अफकमर्श एण्ड इण्डष्ट्रिसँगको सहकार्यमा शुक्रबार  दाङ जिल्लामा स्वस्थ्य परिवारको प्रवर्द्धन विषयमा एक कार्यक्रम सम्पन्न गरेकाे छ।

कृषि तथा पर्यटन प्रवर्द्धन तथा सांगितिक महोत्सवमा उक्त विषयकाे कार्यक्रम सम्पन्नमा भएकाे हाे। 

स्थानीय स्वास्थ्य अधिकारीहरू तथा निजी क्षेत्रका संस्थाहरूसँको सहकार्यमा नेपालभरका लक्षित जिल्लाहरुमा स्मार्ट जीवनले युवा विवाहित जोडीहरूका बीचमा परिवार नियोजनको प्रयोगको माध्यमबाट स्वस्थ परिवारको प्रवर्द्धन गरेको थियो। यो अभियान, स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, परिवार स्वास्थ्य विभागद्वारा युएसएअाइडीको हेल्थ कम्युनिकेसन क्यापासिटी कोल्याबोरेटिभ नेपाल प्रोजेक्टको सहयोगमा लागू गरिएको हो।

दुई वर्षको अवधिमा यो अभियान २ लाख ६३ हजार योग्य जोडीहरूसम्म पुगिसकेको छ र १३ जिल्लाका ५१ हजारभन्दा बढी जोडीहरूलाई परिवार नियोजन सेवाका लागि निर्देशित गरिसकेको छ।

कार्यक्रममा सहभागीहरुले खाना, विभिन्न किसिमका सामाग्रीहरूको स्टल, कार्निभल गेम, प्रहशन, र सांगितिक प्रस्तुतीको आनन्द लिएका थिए, जसले तिनिहरुको परिवारले सहि समयमा परिवार नियोजनको प्रयोगका लागि जोडीहरूलाई कसरी योजना बनाउने भनेर देखाएका थिए। विभिन्न जोडी तथा परिवारहरुले कार्यक्रममा सहभागी भएर नि:शुल्क रुपमा पारिवारिक फोटो प्राप्त गरेका थिए, तथा जीवनको विभिन्न चरणहरुमा प्रयोग गरिने अनेकौं परिवार नियोजनका विधिहरुको विस्तृत सामाग्रीहरु प्राप्त गरेका थिए।


 

More form the Internet

loading...