Suvadin, Home

प्याब्सनको १३औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा

देशका ७२ जिल्ला शाखाबाट करिब दुई हजार प्रतिनिधि आउने महासचिव डिके ढङ्गानाले जानकारी दिए। करिब ६ हजार शिक्षण संस्था र करिब रु दुई खर्बको लगानी रहेको प्याब्सनको महाधिवेशनमा नयाँ नेतृत्वका लागि फागुन ८ गतेदेखि मनोनयन हुनेछ।
प्याब्सनकाे लाेगाे ।

काठमाडौं, फागुन ६


निजी तथा आवासीय विद्यालय अर्गनाइजेन प्याब्सनको १३औं राष्ट्रिय महाधिवेशन यही फागुन ९ र १० गते काठमाडौंमा हुँदैछ। गुणस्तरीय शिक्षामा निजी क्षेत्रको अपरिहार्यताः समृद्ध राष्ट्र निर्माणमा प्याब्सनको प्रतिवद्धता भन्ने मूल नारासहित महाधिवेशन हुने छ।

देशका ७२ जिल्ला शाखाबाट करिब दुई हजार प्रतिनिधि आउने महासचिव डिके ढङ्गानाले जानकारी दिए। करिब ६ हजार शिक्षण संस्था र करिब रु दुई खर्बको लगानी रहेको प्याब्सनको महाधिवेशनमा नयाँ नेतृत्वका लागि फागुन ८ गतेदेखि मनोनयन हुनेछ।

भावी अध्यक्षमा टीका पुरी र विजय सम्बाहाम्फेको समूहले उम्मेद्वारी दिने तयारी गरेका छन्। रासस


 

More form the Internet

loading...