Suvadin, Home

एन्टी रेबिज भ्याक्सिनको अभावले बिरामी मर्कामा

पर्सा जिल्लामा विगत लामो समयदेखि एन्टीरेबिज भ्याक्सिन अभाव भएपछि कुकुरले टोकेका बिरामी समस्यामा परेका छन्। स्वास्थ्य संस्थाहरुलाई सरकारले निःशुल्क रूपमा वितरण गर्दै आएको भ्याक्सिन विगत दुई महिनादेखि अभाव भएकाले निजी क्लिनिकमा महँगोमा किनेर भ्याक्सिन लगाउन बाध्य भएको बिरामीको गुनासो छ। 

वीरगन्ज, फागुन २६ - पर्सा जिल्लामा विगत लामो समयदेखि एन्टीरेबिज भ्याक्सिन अभाव भएपछि कुकुरले टोकेका बिरामी समस्यामा परेका छन्। स्वास्थ्य संस्थाहरुलाई सरकारले निःशुल्क रूपमा वितरण गर्दै आएको भ्याक्सिन विगत दुई महिनादेखि अभाव भएकाले निजी क्लिनिकमा महँगोमा किनेर भ्याक्सिन लगाउन बाध्य भएको बिरामीको गुनासो छ। 

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, पोखरिया अस्पताल तथा ठोरीस्थित इलाका हेल्थपोस्टमा रेबिज रोगविरुद्धको भ्याक्सिन निःशुल्क उपलब्ध गराउँदै आए पनि विगत दुई महिनादेखि सो भ्याक्सिन अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। 

हेटौंडास्थित क्षेत्रीय मेडिकल स्टोर्समा सो भ्याक्सिन सकिएकाले यस्तो चरम अभाव भएको हो। नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा प्रतिमहिना ८०० भाइल, पोखरिया अस्पतालमा प्रतिमहिना ५०० भाइल तथा इलाका हेल्थपोस्ट, ठोरीमा प्रतिमहिना २०० जति भाइल खपत हुँदै आएकाे छ। 

तर विगत दुई महिनादेखि भ्याक्सिन अभाव भएपछि बिरामी निःशुल्क औषधी पाउनबाट वञ्चित हुँदा यथाशीघ्र भ्याक्सिनको व्यवस्था गर्न पीडित बिरामीले माग गरेका छन्।रासस


 

More form the Internet

loading...