Suvadin, Home

विद्यार्थीसँग शुभदिनकाे अन्तरसंवाद

विद्यार्थीलाई सञ्चार क्षेत्रको महत्व जानकारी गराउने तथा मिडियाको महत्व बुझाउने उद्देश्यले शुभदिन मिडिया एन्ड रिसर्च सेन्टर प्रालिले काठमाडौंको एआइटिएम कलेजमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ। अभिव्यक्ति स्वतन्त्रता र सजगताको उद्देश्यले शुभदिन डटकमले एआइटिएममा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो।कलेजका विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा नेपालको अाफ्नै समाचारको सामाजिक सञ्जाल शुभदिन डटकमका बारेमा जिज्ञाशा राखेका थिए।
शुभदिन डटकमका बारेमा विद्यार्थीलार्इ जानकारी दिँदै अध्यक्ष तथा सिइअो सनत न्याैपाने।

काठमाडौं, माघ २५


विद्यार्थीलाई सञ्चार क्षेत्रको महत्व जानकारी गराउने तथा मिडियाको महत्व बुझाउने उद्देश्यले शुभदिन मिडिया एन्ड रिसर्च सेन्टर प्रालिले काठमाडौंको एआइटिएम कलेजमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ।

अभिव्यक्ति स्वतन्त्रता र सजगताको उद्देश्यले शुभदिन डटकमले एआइटिएममा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो।कलेजका विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा नेपालको अाफ्नै समाचारको सामाजिक सञ्जाल शुभदिन डटकमका बारेमा जिज्ञाशा राखेका थिए।

‘शुभदिन डटकम एउटा उत्कृष्ट अवधारणा हो,’ कार्यक्रममा कलेजका प्रिन्सिपल वसन्त जोशीले भने, ‘शुभदिन डटकमले हामीलाई विभिन्न पक्षबाट समाचार, विचार र विवेचना व्यक्त गर्ने अवसर प्रदान गरेको छ।’

जोशीले नेपाली नागरिकबाटै सञ्चालनमा आएको शुभदिन गर्व गर्न लायक सामाजिक सञ्जाल रहेको टिप्पणी गरेका छन्। रोचक पाठ्य सामग्री प्रस्तुत गर्ने शुभदिनको विस्तार तीव्र रुपमा हुने विश्वास जोशीले लिएका छन्।

अन्तरक्रिया कार्यक्रम शुभदिन डटकमका अध्यक्ष तथा सिइओ सनत न्यौपानेले नयाँ अभ्यासको थालनीका रुपमा शुभदिनलाई लिइएको बताएका छन्। न्यौपानेले भने, ‘उद्यमशीलताको विकास सामाजिक रुपान्तरणका लागि हामी अघि आएका हौं।’

शुभदिनमा हरेक नेपालीले आफ्ना धारणा व्यक्त गर्न सक्ने बताउँदै न्यौपानेले शक्तिशाली लेखन क्षमता भएका श्रष्टालाई सम्मान गर्न शुभदिन सधैँ कटिबद्ध रहने बताएका छन्।

‘तपाईंहरू आफ्ना धारणा शुभदिनमा व्यक्त गर्न सक्नुहुन्छ,’ उनले भने, ‘हामी सधैं शिक्षा क्षेत्रको साथमा छौं, शुभदिनको यात्रा प्रारम्भ भएको छ, तपाईंहरूको साथ हामीलाई अवश्य पनि चाहिन्छ।’

कार्यक्रममा शुभदिन डटकमका व्यवसाय प्रवर्द्धन अधिकृत रवि जोशीले काठमाडौंका शिक्षालयहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म चिनाउन शुभदिनले सहयोग गर्ने उल्लेख गरेका छन्।


 

More form the Internet

loading...