Suvadin, Home

कञ्चनपुरको पानीमा अत्यधिक आर्सेनिक

झलारी पिपलाडी नगरपालिका क्षेत्रका आधा दर्जन बढी गाउँका बासिन्दा स्वास्थ्यका लागि हानिकारक मानिएको आर्सेनिकयुक्त पानी पिउन बाध्य छन्। शुद्ध पानी उपलब्ध नहुँदा बन्साहा, खजुवा, नौखरी, गणेशपुर, लक्ष्मीपुर सिकलपट्टि र  असैनालगायत क्षेत्रका बासिन्दा आर्सेनिकयुक्त पानी पिउन बाध्य भएका हुन्।

कञ्चनपुर, माघ १७- झलारी पिपलाडी नगरपालिका क्षेत्रका आधा दर्जन बढी गाउँका बासिन्दा स्वास्थ्यका लागि हानिकारक मानिएको आर्सेनिकयुक्त पानी पिउन बाध्य छन्। शुद्ध पानी उपलब्ध नहुँदा बन्साहा, खजुवा, नौखरी, गणेशपुर, लक्ष्मीपुर सिकलपट्टि र  असैनालगायत क्षेत्रका बासिन्दा आर्सेनिकयुक्त पानी पिउन बाध्य भएका हुन्।

नगरपालिकाको पञ्चवर्षीय आवधिक योजना बनाउन खटिएको टोलीले गरेको अध्ययनमा हातेपम्पबाट तानिने पानीमा आर्सेनिकको मात्रा अधिक रहेको पाइएको हो। अध्ययन क्रममा हातेपम्पबाट निकालिएको पानीमा आर्सेनिकको मात्रा ५० पिपिएभन्दा बढी रहेको रिव्स इन्जिनियरिङ कन्सल्टेन्ट तथा डेभलपमेन्ट कन्सल्टेन्ट प्रालिका परामर्शदाता डा. केदार दाहालले बताए।

‘हातेपम्प २० फुटदेखि ४० फुटसम्म गाडिएका क्षेत्रमा बढी आर्सेनिकयुक्त पानी पाइएको छ,’ उनले भने, ‘हातेपम्प सय मिटरमुनि गाडिएको पानीमात्रै खान योग्य हुन्छ।’ असैना निवासी ज्ञानबहादुर विष्टले केही वर्षअघि एक गैरसरकारी संस्थाले समेत जाँच गर्दा आर्सेनिकयुक्त ठहर्याइएका हातेपम्पबाट तानिएको पानी पनि स्थानीय बासिन्दाले प्रयोग गर्दै आएको बताए।

नगरपालिकाका करिव ९० प्रतिशत बासिन्दा हातेपम्पको पानी प्रयोग गर्छन्। आर्सेनिकयुक्त पानीको प्रयोग गरेमा दीर्घकालीन रुपमा छाला, फोक्सो, ब्लड क्यान्सर हुने सम्भावना रहने पिपलाडी स्वास्थ्य चौकीका सिअहेब चेतराज भट्टले बताए। रासस


 

More form the Internet

loading...