Suvadin, Home

पूर्व-पश्चिम राजमार्ग अब चार लेन

पूर्व-पश्चिम राजमार्गलाई पाँच वर्षभित्र चार लेनको बनाउने गरी सडक स्तरोन्नतिको काम यसै आर्थिक वर्षबाट थाल्न लागिएको अधिकारीहरूले बताएका छन्। मध्य नेपालको नारायणगढदेखि पश्चिमको बुटवलसम्म चार लेन बनाउन एसियाली विकास बैंकसँग सम्झौता भएपछि सडक निर्माण गर्ने कम्पनीको छनौट थालिएको सडक विभागले जनाएको छ।
पूर्व-पश्चिम राजमार्ग।

काठमाडौं, पुस १५


पूर्व-पश्चिम राजमार्गलाई पाँच वर्षभित्र चार लेनको बनाउने गरी सडक स्तरोन्नतिको काम यसै आर्थिक वर्षबाट थाल्न लागिएको अधिकारीहरूले बताएका छन्।

मध्य नेपालको नारायणगढदेखि पश्चिमको बुटवलसम्म चार लेन बनाउन एसियाली विकास बैंकसँग सम्झौता भएपछि सडक निर्माण गर्ने कम्पनीको छनौट थालिएको सडक विभागले जनाएको छ।

पूर्वी नेपालको काँकडभिट्टादेखि पथलैयासम्मको सडक स्तरोन्नतिका लागि विश्व बैंकसँग कुरा भइरहेको बताइन्छ।

दसकौं अघि निर्माण भएको एक हजार किलोमिटर भन्दा लामो पूर्व-पश्चिम राजमार्ग कयौँ खण्ड साँघुरो बन्दै गएपछि सडक विस्तारको योजना अघि बढाइएको हो।

सरकारले पाँच वर्षभित्र उक्त सडकका अधिकांश खण्ड फराकिलो बनाउने लक्ष्य लिएको छ।

दसकौंअघि निर्माण भएको साँघुरो पूर्व-पश्चिम राजमार्गले विस्तारै काँचुली फेर्ने संकेतहरू देखिएका छन्।

नारायणगढदेखि बुटवलसम्मको १ सय १५ किलोमिटर सडकलाई चौडा गर्दै चार लेनको हुने गरी निर्माण प्रारम्भ गर्न निर्माण कम्पनीहरुबाट बोलपत्र आह्वान गरिएको छ।

 

हालै एसियाली विकास बैंकले नेपालको १६० किलोमिटर रणनीतिक तथा क्षेत्रीय सडक विस्तार गर्नका लागि १८ करोड अमेरिकी डलर ऋण दिने घोषणा गरेको थियो। त्यो ऋणमध्ये करिब १९ अर्ब रुपैयाँको लागतमा बुटवल-नारायणगढ सडक खण्ड चौडा गर्न लागिएको इन्जिनियर शाक्यले बताए। उनका अनुसार जेठसम्ममा निर्माण कम्पनी छनौट गरिसक्ने र निर्माणको काम दुई खण्डमा विभाजन गरेर अघि बढाउने योजना छ। उनले भने, ‘नारायणगढबाट दाउन्नेसम्म र दाउन्नेबाट बुटवलसम्म सडकको दायाँबायाँ दुबैतर्फ दुई-दुई लेनको सडक बनाउन लागेका छौं।’

 

सो सडक चौडा गर्ने जिम्मेवारी पाएको सडक विभागको आयोजना निर्देशनालयका इन्जिनियर प्रदीपराज शाक्यले सडक स्तरोन्नतिका लागि आह्वान गरिएका बोलपत्रबारे निर्णय गरी प्रकिया थाल्न अझै चार-पाँच महिना लाग्ने बताए।

हालै एसियाली विकास बैंकले नेपालको १६० किलोमिटर रणनीतिक तथा क्षेत्रीय सडक विस्तार गर्नका लागि १८ करोड अमेरिकी डलर ऋण दिने घोषणा गरेको थियो।

त्यो ऋणमध्ये करिब १९ अर्ब रुपैयाँको लागतमा बुटवल-नारायणगढ सडक खण्ड चौडा गर्न लागिएको इन्जिनियर शाक्यले बताए।

उनका अनुसार जेठसम्ममा निर्माण कम्पनी छनौट गरिसक्ने र निर्माणको काम दुई खण्डमा विभाजन गरेर अघि बढाउने योजना छ।

उनले भने, ‘नारायणगढबाट दाउन्नेसम्म र दाउन्नेबाट बुटवलसम्म सडकको दायाँबायाँ दुबैतर्फ दुई-दुई लेनको सडक बनाउन लागेका छौं।"

नवलपरासीको दाउन्ने पहाडी क्षेत्रमा भने प्राविधिक कठिनाइका कारण सो सडक तीन लेनको मात्र बनाउने सडक विभागको भनाइ छ।

सडक विस्तारको क्रममा साना पुलहरु भत्काएर नयाँ बनाउने र ठुला पुलहरू थप्ने योजना छ। बेलैमा काम सुरू भए नारायणगढ-बुटवल खण्ड विस्तारको काम सक्न चार वर्ष लाग्ने अधिकारीहरुको भनाइ छ।

मेचीदेखि महाकाली जोड्ने पूर्व-पश्चिम राजमार्गमा दैनिक हजारौं सवारी साधन आवतजावत गर्छन्।

सडक विभागका उपमहानिर्देशक संजय श्रेष्ठले पूर्व-पश्चिम राजमार्गका सबै खण्डलाई पाँच वर्षभित्रै चार लेनको बनाउने लक्ष्य राखिएको बताए।

उनले भने, ‘पूर्वको काँकडभिट्टादेखि पथलैयासम्म सडकलाई चार लेनको विस्तार गर्न विश्व बैंकसँग कुरा भइरहेको छ, विश्व बैंकले जति लगानी गर्छ त्यति नै रकम नेपाल सरकारले थपेर उक्त सडक विस्तार योजना अघि बढाउनेबारे हामी निरन्तर सम्वादमा छौँ।’

उनले दातृ निकाय इच्छुक नभए सरकार आफैले लगानी गरेरै भएपनि सडक विस्तारको कार्यलाई अघि बढाउने उल्लेख गरे। विक्रम सम्वत २०१९ सालमा निर्माण सुरू गरिएको पूर्व-पश्चिम राजमार्गको लम्बाई १, ०२८ किलोमिटर रहेको छ।

सवारी चाप बढेसँगै पूर्वको काँकडभिट्टादेखि पश्चिमको बुटवलसम्मको राजमार्ग खण्डलाई चार लेनको बनाउनु अनिवार्य भइसकेको प्राविधिक अध्ययनहरूले देखाएका छन्। (बिबिसी नेपाली सेवाबाट)


 

More form the Internet

loading...