Suvadin, Home

संसद बैठक सूचना टाँसेर स्थगित

व्यवस्थापिका संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ। व्यवस्थापिका संसद बैठक बस्नुअघि बसेको कार्यव्यवस्था परामर्श समितिले राजनीतिक निकासका लागि दलहरूलाई वार्ता र छलफलको लागि समय आवश्यक पर्ने निष्कर्षका साथ संसद बैठक स्थगित गर्ने निर्णय गरेको हो।
संसद भवन।

काठमाडौं, पुस १९ (शुभदिन)


व्यवस्थापिका संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ। व्यवस्थापिका संसद बैठक बस्नुअघि बसेको कार्यव्यवस्था परामर्श समितिले राजनीतिक निकासका लागि दलहरूलाई वार्ता र छलफलको लागि समय आवश्यक पर्ने निष्कर्षका साथ संसद बैठक स्थगित गर्ने निर्णय गरेको हो।

जारी राजनीतिक अबरोधसँगै उत्पन्न पछिल्लो नया परिस्थितिमा सहमति कायम गर्नका लागि केही समय आवश्यक पर्ने भएकाले बैठक केही दिनपछि सार्ने निर्णय कार्यव्यवस्थाले गरेको छ। संविधान संशोधन विधेयक प्रस्तावका सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतले गरेको फैसला लगायतलाई ध्यानमा राखेर सहमतिमा पुग्नका लागि दलहरूलाई थप ५ दिनको समय दिईएको एमाले सचेतक गोकुल घर्ती मगरले जानकारी दिए।

आइतबारको बैठक पनि सूचना टाँसेर सोमबार अपराह्न १ बजेका लागि बोलाइएको थियो। संसदको अर्को बैठक २४ गतेका लागि बोलाइएको छ। सरकारले ल्याएको संविधान संशोधन विधेयकको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायत दलले निरन्तर संसद बैठक अवरोध गर्दे आएका छन्।

 


 

More form the Internet

loading...