Suvadin, Home

शिवम् सिमेन्टको क्वालिटिकाे मामलामा ‘नो कम्पोमाइज’अभियान

उक्त अभियानको प्रारम्भिक चरणमा ३ दिनका लागि दैनिक विहानदेखि बेलुका सम्म नेपालको विभिन्न शहरहरु जस्तै काठमाडौं, हेटौडा, पोखरा, नारायणगढ र जनकपुर लगायतका शहरहरुको प्रमुख चोकहरुमा सामाजिक जनचेतनामुलक प्ले कार्ड बोकेका मानिसहरुको बाक्लो उपस्थिति देख्न सकिन्थ्यो।

काठमाडौँ

नेपालको अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले विभिन्न समयमा ग्राहक लक्षित कार्यक्रमहरु मार्फत आफ्नो गुणस्तरको पहिचान कायम राख्दैबजार प्रवद्र्धन गर्दैं आएको छ । कम्पनीले शिवम् ब्राण्डको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्री वितरण गर्दै आइरहेकोमा आफ्ना समस्त ग्राहक वर्ग तथा आम उपभोक्ता समक्ष समय अनुकूल विभिन्न किसिमका योजना तथा कार्यक्रमहरु गर्ने क्रममा शिवम् सिमेन्टले क्वािलिटिकाे मामलामा नाे कम्प्रमार्इज भन्ने प्रतिबद्धतात्मक अभियान संचालन गरेकाे हाे । 

  उक्त अभियानको प्रारम्भिक चरणमा ३ दिनका लागि दैनिक विहानदेखि बेलुका सम्म नेपालको विभिन्न शहरहरु जस्तै काठमाडौं, हेटौडा, पोखरा,      नारायणगढ र जनकपुर लगायत अन्य विभिन्न शहरहरुको प्रमुख चोकहरुमा सामाजिक जनचेतनामुलक प्ले कार्ड बोकेका मानिसहरुको बाक्लो  उपस्थिति देख्न सकिन्थ्यो।

 यस अभियान अन्तर्गत आम मानिसका विभिन्न महत्वपूर्ण विषयसँग सम्बन्धित नाे कम्प्रमार्इज (सम्झौता नगरौं) भन्ने सन्देशहरु उल्लेख गरिएका  बोर्डहरु लिएका मानिसहरुको उपस्थिति थियो । स्थानको छनोटमा हस्पिटलको एरियामा स्वास्थ्यको मामलामा, धार्मिक स्थलहरुको परिसरमा  आस्थाको मामलामा, सडकका मूख्य चोकमा सडक अनुशासनको मामलामा, लगाएत परिवारको खुशीको मामलामा, फिट्नेस्को मामलामा,  मनोरञ्जनको मामलामा, बचतको मामला मा जस्ता विभिन्न कुराहरुमा नाे कम्प्रमार्इज भन्ने सन्देशमूलक कुराहरु प्ले कार्डमा उल्लेख गरिएका थिए ।

 यसरी सार्वजनिक स्थानहरुमा सन्देशमूलक कार्डको सहायताले मानिसहरुमा जनचेतना वृद्धि गराई आफुहरुले कस्तो कुरामा सम्झौता गर्नु हुन्छ र  कस्तो कुरामा सम्झौता गर्नु हुँदैन भन्ने कुराको बारेमा चेतनाको स्तर बढाई नेपाली समाजलाई केही परिर्वतन ल्याउन सकिने दाबी कम्पनीको  छ ।

 उक्त अभियानमा विभिन्न मानिसहरुले आ–आफ्नो क्षेत्रको महत्वपूर्ण पक्षहरुमा आफ्नो लक्ष्य, कर्तव्य, सिद्धान्त, अस्तित्व तथा अधिकारको मामलामा  सम्झौता नगरेका उदाहरणहरु प्रस्तुत गर्दै शिवम् सिमेन्टले क्वािलिटिको मामला कुनै सम्झौता नगर्ने सन्देश आम उपभोक्ता माझ प्रस्तुत गरेको छ ।  साथै यस अभियान मार्फत सधैँ क्वािलिटिलाई प्राथमिकतामा राख्ने शिवम् सिमेन्टले अरुलाई पनि आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण पक्षहरुमा सम्झौता  नगर्ने सन्देश दिँदै सम्पूर्ण ग्राहकहरुलाई सचेत गराउने प्रयास गरिएको कम्पनीले जनाएको छ ।


 

More form the Internet

loading...