Suvadin, Home

बिहारमा एक सुरक्षाकर्मीले गोली हानी चार सुरक्षाकर्मीको ज्यान लिए

भारतको बिहार राज्यको औरङ्गावाद शहरमा भारतीय अर्धसैनिक सुरक्षा बलका एक जवानले आफ्नै सहकर्मीमाथि गोली चलाउँदा चार सुरक्षाकर्मीको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन्। 

नयाँ दिल्ली पुस २८ 


भारतको बिहार राज्यको औरङ्गावाद ;हरमा भारतीय अर्धसैनिक सुरक्षा बलका एक जवानले आफ्नै सहकर्मीमाथि गोली चलाउँदा चार सुरक्षाकर्मीको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन्। 

औरङ्गवाद सहरको ‘सेन्ट्रल इन्डष्ट्रियल सेकुरिटी फोर्स’मा कार्यरत सुरक्षा अधिकारीबीच सुरक्षा विषयमा एक आपसमा जानकारी गराइरहेका समयमा भएको हो।

छलफलका क्रममा अर्धसैनिक सुरक्षा अधिकारीले गोली चलाउँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको र गोली लागि गम्भीर घाइते दुई जनाको उपचारका क्रममा मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। 

घटनास्थल विहारको राजधानी पटनाबाट १२० किलोमिटर टाढा पर्दछ। सिन्ह्वा 


 

More form the Internet

loading...