Suvadin, Home

नेपाल भारतसँग ३-१ ले पराजित

चौथो साफ महिला च्याम्पियनसिपमा भर्खरै सम्पन्न सेमिफाइनलमा भारतसँग ३-१ ले पराजित हुदै नेपाल स्तब्ध बनेकाे छ। याेसँगै साफ च्याम्पियनसिपमा पहिलाे चाेटी समिफाइनलमा भारतसँग प्रतिस्पर्धा गरेकाे नेपालकाे उपाधि उचाल्ने सपना पनि तुहिएकाे छ। नेपाल याेसँगै पहिलाेपटक महिला साफकाे फाइनल पुग्नबाट चुकेकाे छ। 

काठमाडाैं, पुस १८ 


चौथो साफ महिला च्याम्पियनसिपमा भर्खरै सम्पन्न सेमिफाइनलमा भारतसँग ३-१ ले पराजित हुदै नेपाल स्तब्ध बनेकाे छ। याेसँगै साफ च्याम्पियनसिपमा पहिलाे चाेटी समिफाइनलमा भारतसँग प्रतिस्पर्धा गरेकाे नेपालकाे उपाधि उचाल्ने सपना पनि तुहिएकाे छ। नेपाल याेसँगै पहिलाेपटक महिला साफकाे फाइनल पुग्नबाट चुकेकाे छ। 

खेलकाे पहिलाे हाफकाे अन्तिम समयमा गाेल गर्दै भारतले नेपालमाथि १-० काे अग्रता लिएकाे थियाे।  खेलको ४४ औं मिनेटमा भारतकी कमला देवीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन्।  त्यस्तै खेलकाे ५८ अाैं मिनेटमा भारतकी इन्दुमतिले गाेल गर्दै भारतलाई २-० काे अग्रता दिलाइन्। 

खेलकाे ७५ अाैं मिनेटमा पाएकाे पनाल्टीलाइ सदुपयाेग गर्दै नेपालकी सावित्रा भण्डारीले नेपालका लागि सान्त्वना गाेल गरिन्। तर फेरि नेपाल खेलमा फर्कन सकेन्। त्यसकाे ८ मिनेटपछि भारतकी सुस्मिता मल्लिकले भारतका लागी तेस्राे गाेल गर्दै नेपाललाइ स्तब्ध पारिन्।

यस अघि  पहिलाे हाफमा भारत नेपालमाथि हावी देखिए पनि नेपालले डिभेन्डिङ गेम खेल्दै भारतलाई राेक्ने प्रयास गरेकाे थियाे। नेपाली खेलाडीहरूले प्रहार गरेका सटहरू खेर गएका थिए। १६ अाैं मिनेटमा नेपालकी सावित्रा भण्डारीले प्रहार गरेकाे बल भारतकी गाेलकिपर अादिती चाैहानले सुन्दर बचाउ गरिन्। 

त्यस्तै, २४ अाैं मिनेटमा नेपालले अाफ्नाे पहिलाे परिवर्तन गर्याे। सपना लामाका स्थानमा अनिता बस्नेत अाइन्। तर, त्यसले खेलमा केही असर देखिएन्। ६८ अाै मिनेटमा पाएकाे फ्रिकिककाे सावित्राले सदुपयाेग गर्न सकिनन्। 

खेलकाे ७० अाै मिनेटमा नेपाली प्रशिक्षक कुमार थापाले दाेस्राे परिवर्तन गराए। मनमाया लिम्बूकाे स्थानमा कृष्णा खत्री मैदान प्रबेश गरिन्। भने ७८ अाै मिनेटमा मञ्जली कुमारी याेञ्जनकाे ठाउँमा दिपा अधिकारी मैदान प्रबेश गरिन्। नेपाल र भारत सेमिफाइनलमा भिडेकाे याे पहिलाेपटक हाे। साफ च्याम्पियनसिपमा यसअघि भएका तीन संस्करणमा नेपाल उपबिजेतामा सीमित भएकाे छ।  


 

More form the Internet

loading...