Suvadin, Home

क्लासिटेक र एअरटेलबीच उच्चस्तरीय इन्टरनेट प्रदान गर्ने सम्झौता

विगत सात वर्षादेखि इन्टरनेट सेवा प्रदान गर्दै आएको कम्पनी क्लासिक टेक प्रा.लि.ले एअरटेलसँग इन्टरनेट सेवा प्रदान गर्ने सम्झौता भएको छ । यो सहकार्य अनुसार एअरटेल  र क्लासिकटेक फाइबरबाट सिधै जोडिने हुँदा उत्कृष्ट सेवा भित्र्याउन सकिने दाबी गरिएको छ।

काठमाडाैं, पुस २५

क्लासिकटेकले एअरटेलमार्फत लिज लाइन सेवा संसारको जुन सुकै कुनामा पनि उपलब्ध गराउन सक्नेछ भने घरेलु ग्राहकले पनि सस्तो मूल्यमा  अधिकतम र भरपर्दो इन्टरनेट सेवा उपभोग गर्न पाउने भएका छन्।

नयाँ वर्ष २०१७ को अवसरमा उच्च गतिको १२ एमबिपियस अनलिमिटेड इन्टरनेट वार्षिक ग्राहकलाई १ हजार ९ सय ९९ प्रतिमहिना उपलब्ध गराइएको छ। साथै ३ एमबिपियस अनलिमिटेड १ हजार ९९ प्रतिमहिना र ६ एमबिपीयस अनलिमिटेड  १ हजार ४ सय ९९ प्रति महिनामा उपलब्ध गराएको छ। वार्षिक ग्राहकलाई जडान खर्च र फाइवर डिभाइस नि:शुल्क बनाइएको बताइएको छ।

More form the Internet

loading...