Suvadin, Home
अपराध नियन्त्रणका लागि गठन गरिएको प्रहरीहरुको अन्तराष्ट्रिय संगठन इन्टरपोलको २३औं एसिया क्षेत्रीय सम्मेलन माघ ५, ६ र ७ गते काठमाडौंमा हुने भएको छ। नेपाल प्रहरीले बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालमा पत्रकार सम्मेलन गरी आसन्न सम्मेलन र नेपालको तयारीको बारेमा जानकारी गराएको हो।
एअाइजी विज्ञानराज शर्मा।

काठमाडौं, पुस २८


अपराध नियन्त्रणका लागि गठन गरिएको प्रहरीहरुको अन्तराष्ट्रिय संगठन इन्टरपोलको २३औं एसिया क्षेत्रीय सम्मेलन माघ ५, ६ र ७ गते काठमाडौंमा हुने भएको छ। नेपाल प्रहरीले बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालमा पत्रकार सम्मेलन गरी आसन्न सम्मेलन र नेपालको तयारीको बारेमा जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले सम्मेलनमा मानव बेचविखन, बालबालिकाविरुद्ध हुने अपराध, सीमा सुरक्षा तथा व्यवस्थापन, सीमावर्ती अपराधहरु, आतंकवाद, साइबर अपराध, वन्यजन्तु सम्बन्धी अपराधका विषयमा छलफल हुने जानकारी दिएका हुन्।

सम्मेलनमा नेपालले आतंकवाद, सीमावर्ती अपराध, बेचबिखन लगायतका विषयलाई जोड दिने पनि उल्लेख गरिएको छ। प्रहरी अतिरिक्त महानिरीक्षक शर्माले अपराध नियन्त्रणका लागि अन्तरराष्ट्रिय अनुभव बटुल्न पाउनु नेपालको लागि अवसर हुने बताए।

सम्मेलनमा इन्टरपोलमा आबद्ध ५० वटा एसियाली मुलुक र ३ वटा पर्यवेक्षक मुलुकका गरी २ सय ५० जना कानुन कार्यान्वयन निकायका उच्च सुरक्षा अधिकारीहरु सहभागी हुनेछन्। सम्मेलनमा अपराध नियन्त्रणबारे अन्तराष्ट्रिय जानकारी लिन इच्छुक सञ्चारकर्मीहरुलाई नेपाल प्रहरीले सहजीकरण गरिदिने व्यवस्था पनि मिलाइएको छ।

इन्टरपोल अपराध नियन्त्रणका लागि गठन गरिएको प्रहरीको सबैभन्दा ठूलो अन्तराष्ट्रिय संगठन हो। इन्टरपोलमा १ सय ९० भन्दा धेरै देशका प्रहरी संगठनहरु आबद्ध रहेका छन्।


 

More form the Internet

loading...