Suvadin, Home
Nepal Life Insurance Ltd.
तिमी  छौ  भन्ने  भान  कहिले हुन्छ सरकार? खाडी उड्ने रित्तो उडान कहिले हुन्छ सरकार? राहदानी फाल्दिँदैमा शासक बनिन्छ र सरकार? नागरिकको सच्चा प्रमाण कहिले हुन्छ सरका?

तिमी  छौ भन्ने  भान  कहिले हुन्छ सरकार?
खाडी उड्ने रित्तो उडान कहिले हुन्छ सरकार?

राहदानी फाल्दिँदैमा शासक बनिन्छ र सरकार?
नागरिकको सच्चा प्रमाण कहिले हुन्छ सरका?

गोर्खाली र बहादुर बिल्ला बोकी कति झुक्नु सँधै, 
हाम्रो देशमा श्रम गुणगान कहिले हुन्छ सरकार?

चाटु,चम्चे राडीमा छन्, युवा सबै खाडीमा छन्,
नातावादको समाधान कहिले हुन्छ हो सरकार?

रगतका  प्यासी ब्वाँसाहरु फेरि युद्ध भन्छन्
बन्दुकभन्दा कलम महान कहिले हुन्छ सरका?

के गर्नु त्यो संविधानले धान-बाली नफले'सी!
हिउँद-बर्षा मल प्रदान कहिले हुन्छ सरकार?

सुनको भाउ जहाँ पुगोस् नुनको खबर के छ?
कर्णालीको स्तर उठान कहिले हुन्छ सरकार?

हाम्रा पनि आमा-बाबु, जहान-बच्चा छन् नि, 
एउटै चुल्हो, एउटै सिरान कहिले हुन्छ सरकार? 

 

More form the Internet

loading...