Suvadin, Home
Nepal Life Insurance Ltd.

केसिटिसीकाे फराकिलाे जित, अतिरिक्तबाटै २६ रन

काठमाडाैंमा जारी दाेस्राे रूसलान कप अन्तर्गत दाेस्राे दिनकाे पहिलाे खेलमा अायाेजक काठमाडाैं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) विजयी भएकाे छ। केसिटिसीले क्यानन क्रिकेट क्लबलार्इ ७ विकेटले पराजित गरेकाे हाे। 
म्यान अफ द म्याच केसिटिसीका सन्जय बस्नेत राष्ट्रिय टिमका कप्तान पारस खड्काबाट पुरस्कार ग्रहण गर्दै।

काठमाडाैं, पुस २७ 


काठमाडाैंमा जारी दाेस्राे रूसलान कप अन्तर्गत दाेस्राे दिनकाे पहिलाे खेलमा अायाेजक काठमाडाैं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) विजयी भएकाे छ। केसिटिसीले क्यानन क्रिकेट क्लबलार्इ ७ विकेटले पराजित गरेकाे हाे। 

टस हारेर पहिले ब्याटिङमा अाएकाे क्याननले निर्धारित २० अाेभरमा ५ विकेट गुमाएर १ सय ११ रन बनायाे। क्याननका लागि सुमन ठाकुरले सर्वाधिक ३८ रन जाेडे। त्यस्तै, उसका भुवन बस्नेतले १५ तथा अजय कुमार ठाकुरले १३ रनकाे याेगदान दिए। 

केसिटिसीका नन्दन यादव र दिलीप यादवले समान २-२ विकेट लिए भने अफ्जल खानले १ विकेट पाए। 

जवाफी ब्याटिङमा केसिटिसीले १५ अाेभरमा ३ विकेट गुमाएर लक्ष्य भेटायाे। केसिटिसीका सन्जय बस्नेतले नटअाउट ४२ रनकाे इनिङ खेल्दै केसिटिसीकाे जित सुनिश्चित गरे। त्यस्तै विवेक रानामगर, विपीन अार्चाय र सुमित महर्जनले समान ११ रन जाेडे भने अादिल खानले टीमका लागि १३ रन जाेडे। 

केसिटिसीले एक्स्ट्रामा मात्र २६ रन पाएकाे थियाे। बलिङमा क्याननका दिलीप जैसवालले २ विकेट लिए पनि अन्यकाे प्रदर्शन सम्झनलायक रहेन्। खेलकाे म्यान अफ द म्याच केसिटिसीका सन्जय बस्नेत भए। उनलार्इ नेपाली टिमका कप्तान पारस खड्काले पुरस्कार प्रदान गरेका थिए। 

 

More form the Internet

loading...