Suvadin, Home

‘स्टार वार्स’ नायिका फिसरको निधन

केरी फिसर।

काठमाडौँ,पुस १३


हलिउडको चर्चित फिल्म सिरीश स्टार वार्सकी नायिका केरी फिसरको ६० वर्षको उमेरमा निधन भएको छ। प्रतिभाशाली फिसरको निधन हृदयघातका कारण भएको हो। लन्डनबाट लस एन्जलस जानेक्रममा फिसरलाई हृदयघात भएको थियो।   

हलिउड स्टार डेबी रेनल्डस र एडी फिसरकी छोरी भए पनि उनी चर्चित भने आफ्नै मेहेनतले भइन्। स्टार वार्स ट्र्रायोलोजीमा राजकुमारी लियाको भूमिकाबाट अभिनेत्री केरी फिसर चर्चित भइन्।

सन् १९५६ अक्टोबरमा बेभरल्ली हिल्स् ,केलीफोरनीया, अमेरीकामा  जन्मिएकी फिसर अभिनेत्री,निर्माता,लेखक र ह्युमरिष्ट हुन्। 

सानो छदाँ किताब पढ्न रुचाउने फिसरलाई किताबी किरा भनिन्थ्यो। कविता, साहित्य सम्बन्धी किताब पढ्ने रुचाउने  फिसर सानैबाट कविता लेख्न रुचाउँथिँन्। कलिलै उमेरमा फिल्म क्षेत्र प्रवेश गरेकी फिसरले फिल्मको संलग्नताका कारण  स्नातक तहको पढाइ पूरा गरिनन्। पछि  सेन्ट्र्रल स्कुल अफ स्पीच एण्ड ड्रामामा भर्ना भए पन, फिल्मका कारण १८ महिनामा छोडिन्।

सन् १९७५मा शेम्पु नामक फिल्मबाट उनले हलिउडमा प्रवेश गरिन्। त्यस पश्चात उनले आफनो जीवनकालमा लगभग ६१ वटा फिल्ममा अभिनय गरेकी छन्। केरी फिसरले  ५,६ वटा उपन्यास  लेखेकी छन्।


 

More form the Internet

loading...