Suvadin, Home

युवा सङ्घ नेपालका केन्द्रीय सदस्यमाथि खुकुरी प्रहार

युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि बिहीबार राति खुकुरी प्रहार भएको छ। बाँकेको कोहलपुर नगरपालिका-१० विद्युत् रोडनजिकै अज्ञात समूहको खुकुरी प्रहारबाट बुढाथोकी सख्त घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। 

बाँके, पुस १५


युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि बिहीबार राति खुकुरी प्रहार भएको छ। 

बाँकेको कोहलपुर नगरपालिका-१० विद्युत् रोडनजिकै अज्ञात समूहको खुकुरी प्रहारबाट बुढाथोकी सख्त घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। 

घाइते युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीको मेडिकल कलेज कोहलपुरमा सामान्य उपचारपश्चात् थप उपचारका लागि लखनउ लगिएको छ। 

खुकुरी प्रहार गर्ने समूहको खोजी कार्य र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस 
 


 

More form the Internet

loading...