Suvadin, Home

कोमलको गीतमा सांसद हुरुक्कै

लगतै ‘बाँझो खेतमा, छड्के सलाम छ मायालाई पहिलो भेटमा... बोलको गीत प्रस्तुत गरिन्। कोमलले सांसद चौधरीलाई गीत गाँउदै भनिन्, ‘सोल्टी राजा नाच्न आउनु पर्यो, यस्तो हेन्सी सोल्टी देखेर भुतुक्कै भाकी छु।’
सांसद चाैधरीलार्इ नचाउँदै कोमल।

दाङ, पुस २४


सधै चर्चामा रहन्छिन्, गायिका कोमल वली। उनलाई ‘वैंश ढल्किसक्यो तर, अझै बिहे नगरेको’ भन्दै जिस्क्याउने प्रशंसक पनि धेरै छन्। उनी पनि के कम। एकपटक गीत नै गाइन्, ‘पोइल जान पाम।’

यसपटक भने आफ्नै जन्मथलोमा उनले थारु सांसद र युवायुवतीलाई मजाले नचाइन्।

तुलसीपु- ४ मोतीपुरमा माघी मिलन थारु सांस्कृतिक कार्यक्रममा कोमलले गीत गाउँदा त्यहाँ उपस्थित सांसद डिल्लीबहादुर चौधरी कुर्सीमा अडिनै सकेनन्। कम्मर मर्काएर कोमलसँग नाच्न थाले। थारु युवायुवती के कम? उनीहरुले पनि छमछमी नाचेर साथ दिए।

उनले सुरुमै गाइन्, एकताकाको आफ्नै चर्चित गीत ‘तुलसीपुरमा मै जाँदा खेरी भेटै भयो गज्जबको तन्नेरी...।

लगतै ‘बाँझो खेतमा, छड्के सलाम छ मायालाई पहिलो भेटमा... बोलको गीत प्रस्तुत गरिन्। कोमलले सांसद चौधरीलाई गीत गाँउदै भनिन्, ‘सोल्टी राजा नाच्न आउनु पर्यो, यस्तो हेन्सी सोल्टी देखेर भुतुक्कै भाकी छु।’

यति भनेपछि पुग्यो, प्रमुख अतिथि बनेका सांसद चौधरी गीतमा स्वर मिलाउदै नाच्न थाले। कोमलले पनि हात समातेरै मजाले नचाइन्। संयोग पनि कस्तो भने दुबै जना नाताले पनि सोल्टी सोल्टिना नै रहेछन्। त्यसको राज सांसद चौधरीले आफैंले खोलिदिए।

युवायुवती मात्र होइनन्, थारु समुदायका जेष्ठ नागरिकसमेत कोमलको गीतमा ताल मिलाएर नाच्न थाल्दा दृश्य निकै रोचक देखिएको थियो। गायिकाले त्यसपछि लगालग गाइन् पनि ‘माया बस्यो मुटुमा मायाको मिठास छुट्टैंं ...लगायत गीत।

 

More form the Internet

loading...